जेष्ठ ४, ५ र ६ गते बारामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 889 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
????????????????????????????????????

बारा । आगामी जेष्ठ ४, ५ र ६ गते  बाराको निजगढमा प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगिताको बारेमा आयोजक मधेस प्रदेश तेक्वान्दो संघले सोमवार निजगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक पेमासिद्धी लामाले जानकारी दिनुभयो । प्रतियोगिताको कुल लागत ५९ लाख रहेको पनि सो अवसरमा संयोजक लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा निजगढ, महागढीमाई, सिम्रौनगढ, कोल्हबी नगरपालिका र कलैया, जीतपुरसिमरा उपमहानगरपालिका तथा आदर्शकोतवाल गाउँपालिका, मधेस प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग रहने छ ।

संघले प्रतियोगिताको लागि आठ वटा विभिन्न उपसमिति गठन गरी तयारी भईरहेको संघका महासचिब राजकुमार लामाले बताउनुभयो ।

जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ बर्षको गु्रप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम प्रतियोगिता प्रचार संयोजक गुरुप्रसाद गौतमले जानकारी गराउनु भयो ।
मधेश प्रदेशको पर्यटन विकास र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content