अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु, मधेश प्रदेशको शुरुवाती अग्रता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 757 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शूरु भएको छ ।

प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका संयोजक पेमासिद्धी लामाले जानकारी दिनुभयो ।


५९ लाख कुल लागत रहेको प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहेनु भएको छ भने निर्णायकहरुमा अन्तराष्टिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका छन ।

प्रतियोगिताको पहिलो खेल ४० किलो महिला तर्फ मधेश प्रदेश खुशी ठाकुरले सुदुरपश्चिमका आरती बिष्टलाई पराजित गर्दै अग्रता बनाएकी छिन ।

जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ बर्षको गु्रप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम प्रतियोगिता प्रचार संयोजक गुरुप्रसाद गौतमले जानकारी गराउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content