पाँच वटा तौलको खेल हुदा, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

बारा । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा आजदेखि शुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ ।

पहिलो दिनको पाँच वटा तौल समुहको सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले दुई स्वर्ण, दुई काश्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम प्रथम बनेको हो । पुरुष ४० किलो तौल समुहमा नादिम हुसैन र ४३ किलो तौल समुहमा सिद्धार्थ प्रजापतिले स्वर्ण पदक हात पारेका हुन । त्यसैगरी पुरुष ४८ किलो तौल समुहमा लुम्बनीका जस्मीन चौधरी, महिला ४० किलो तर्फ कर्णालीकी ललिता बुढा र महिला ४३ किलोमा बाग्मतिकी सदिक्षा कार्कीले स्वर्ण पदक हात पारेका हुन ।


प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेश, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्धघाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले गर्नु भएको थियो ।

आयोजक मधेश प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङ्ग, राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिब एवब सितेरियो कराते महासंघका अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पुर्व नगरप्रमुख सुरेश खनाल, पुर्व उपप्रमुख लिलादेवी लामिछाने, संघका महासचिब राजकुमार लामा लगायतले शुभकामना मन्तब्य ब्यप्त गरेका थिए ।


५९ लाख कुल लागत रहेको प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहनु भएको छ भने निर्णायकहरुमा अन्तराष्टिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका छन ।

जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ बर्षको गु्रप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता भईरहेको छ ।

भौतिक पुर्वाधारमा स्थानीय निकायले ध्यान दिन जरुरी छ ।– महासचिब गुरुङ्ग


नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङ्गले खेलकुदको भौतिक पुर्वाधारमा स्थानीय निकायले ध्यान दिन जरुरी रहेको बताउनु भएको छ ।

मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै महासचिब गुरुङ्गले सो कुरा बताउनु भएको हो ।

राखेप र सरकारले प्रतियोगिताहरु गर्ने भन्दा स्थानीय सरकारले गर्नु पर्ने अन्तराष्ट्रिय प्रचलन भएपनि नेपालमा अहिलेसम्म त्यस्तो हुने नगरेको उहाँले बताउनु भयो । महासचिब गुरुङ्गले नेपालमा बिगतमा नेपाल तेक्वान्दो संघमा विवाद खडा गरिएपनि पाटन उच्च अदालतले विवाद अन्त्य गरेर नेपाल तेक्वान्दो संघनै आधिकारिक र एकमात्र तेक्वान्दो संघ भएको प्रमाणित गरेकाले अब सबै मिलेर खेलकुद विकासमा लाग्नु पर्ने बताउनु भयो ।

राज्यले तेक्वान्दोलाई हेर्ने दृष्टीकोण सच्चाउनु पर्छ –युवराज लामा


राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिब एवम सितेरियो कराते महासंघका अध्यक्ष युवराज लामाले राज्यले तेक्वान्दोलाई हेर्ने दृष्टीकोण सच्चाउनु पर्ने बताउनु भएको छ । संघलाई राज्यले गलत तबरबाट काम भईरहेको बताउदै उनले यस्तो बताउनु भएको हो ।

मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै लामाले सो कुरा बताउनु भएको हो ।

देशभर ५० जना हुने खेल र लाखौ खेलाडी भएको तेक्वान्दो संघलाई एउटै नजरले हेरुनु गलत भएको हो । मेडल ल्याउन सक्ने खेललाई बर्गिकरण गरी खेलाडी, प्रशिक्षक र प्रतियोगिताको आधारमा बजेट बिनियोजन गरिनु पर्ने उहाँले बताउनु भयो ।

देशभर कराते भएपनि संगठनको ब्यबस्थापन र चरित्र ठिक नहुदा कराते बदनाम मनपरी तन्त्र रहेको बताउनु भयो । सबै हिसाबले नेपालमा दुई खेल संघ तेक्वान्दो र फुटबल मात्र ब्यबस्थापन र सबै हिसाबले उत्कृष्ट रहेको बताउनु भयो । लामाले तेक्वान्दोमा राजनैतिक हस्तक्षेपले विवाद खडाभएपनि तेक्वन्दोको विवाद समाप्त भएको बताउनु भएको छ ।

तेक्वान्दो संघनै आधिकारिक संघ भएको अदालतले पुष्टी गरेपनि अझै विवाद झिक्नुको कुनै अर्थ नभएको उहाँले बताउनु भएको छ । अब नेपालमा तेक्वान्दो संघमै सबै आउनुको विकल्प छैन । राखेप र सरकारले नेपाल तेक्वान्दो संघलाईनै सहयोग गरी तेक्वान्दो खेलको विकासमा लाग्न आग्रह गर्नु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content