आगलगीमा परी गम्भिर घाईतेलाई उपचारका लागि २५ हजार सहयोग

तराइ संचार
तराइ संचार 465 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान

बारा । आर्दश कोतवाल गाँपालिका वडा नम्बर १ मा गएराती आगलागीमा परी गम्भिर घाईते भएको ३ जनालाई पालिकाका अध्यक्ष जवाहर प्रसाद साहले आर्थिक सहयोग गरेका छन ।

अध्यक्ष साहले आगलगीमा परी गम्भिर घाईते हुनु भएको ३५ बर्षिय मनोज यादव, उहाँको ३० बर्षिय पत्नी तेतरी देवी र साढे ३ बर्षका घोरा छोटुलाई नारायणी अस्पतालमा भेट गरि रु २५ हजार नगद सहयोग गरेका हुन ।

नारायणी अस्पतालमा उपचार हुन नसकेपछि तिनीहरुलाई थप उपचारका लागि पालिकाको एम्बुलेन्समा राखी अध्यक्ष साहले काठमाडौ पठाउनुभएको वडा नम्बर १ को वडाअध्यक्ष सुनिल कुसवाहाले जानकारी दिए ।

पालिका भित्रका नागरिकहरुको जीव, धनको रक्षा गर्न अभिभरा जनताले दिएको हुदा एउटा अभिभावकका नाताले मानवलाई सेवा गर्न कर्तब्य भएको हुदा घाइतेको घाँउमा मलम लगाउने काम मात्र गरेको पालिकाका अध्यक्ष साहले भने ।

आईतवार राती गोठमा लामखुटे धपाउनका लागि बालेको घुरबाट आगो सल्लकेर आगलगी भएको थियो । आगलगीबाट २ वटा भैसी जलेका छन भने अन्नपात, लताकपडा पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content