अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा छ स्वर्ण, तिन रजत र पाँच काश्य पदक सहित मधेश प्रथम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.9k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

बारा । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा भएको तिनदिने प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेश टिम पहिलो हुन सफल भएको छ ।

 आज शनिबार सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले छ स्वर्ण, तिन रजत र पाँच काश्य पदक सहित टिम पहिलो हुन सफल भएको हो । मधेशका लागि स्वर्ण पदक ल्याउनेमा पुरुषतर्फ ४० केजी तौल समुहमा नदिम हुसेन, ४३ केजीमा सिद्धार्थ प्रजापति, ५४ किलोमा अफताब आलम, ६३ किलोमा प्रदिप तिवारी, महिला ४९ किलोमा मनिषा वाईवा र १८ बर्ष तल पुरुष पुम्सेतर्फ निश्चल धामी रहेका छन् ।

त्यसैगरी प्रतियोगितामा कोशी प्रदेशले चार स्वर्ण, तिन रजत र दुई काश्य पदक सहित टिम दोश्रो भएको छ । कोशी प्रदेशका लागि स्वर्ण पदक ल्याउने खेलाडीहरुमा पुरुष ५१ किलोमा शिव खड्का, महिलातर्फ ५७ किलोमा प्रज्ञा परियार, ६३ किलोमा अन्जीला खड्का र सिनियर १८ बर्ष मुनी महिला पुम्सेतर्फ खुशी गौतम रहेका छन ।


प्रतियोगितामा लुम्बिनी प्रदेशले तीन स्वर्ण, दुई रजत र दुई काश्य पदक सहित टिम तेश्रो भएको छ ।

लुम्बिनिका लागि पुरुषतर्फ ४८ केजीमा जस्मीन चौधरी, ५८ केजीमा नवराज बस्नेत र महिला ४६ केजीमा रुपा बुढाथोकी रहेका छन ।


प्रतियोगितामा बंगलादेशले दुई स्वर्ण र दुई रजत पदक हात पारेका थिए । सिनियर १८ माथि महिला पुम्सेतर्फ जनातुल तमन्ना तबासेन र १८ बर्ष माथि पुरुष पुम्सेतर्फ आकाश पटेलले स्वर्ण पदक दिलाएका हुन ।

महिला तर्फ ४३ केजीमा बाग्मती प्रदेशकी सदीक्षा कार्कीले र ४० केजीमा कर्णालीकी ललिता बुढाले एक एक स्वर्ण पदक दिलाएका हुन ।
प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेशका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । भुटान, जापान र कोरियाले सहभागिता जनाउने भनेपनि अन्तिम समयमा आएर क्यान्सिल गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा र निर्णायकहरुमा अन्तराष्ट्रिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका थिए ।


जिरोगीतर्फ पुरुष सात र महिला सात गरी १४ तौल समुह र पुम्सेतर्फ जुनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी १८ ईभेन्टमा प्रतियोगिता भएको हो ।

बिजयी खेलाडीहरुको तौल अनुसार नामावली
पुरुषः ४० केजी
नदिम हुसेन– मधेस – स्वर्ण
निशेष केसी – लुम्बिनी– रजत

पुरुषः ४३ केजी
सिद्धार्थ प्रजापति – मधेस – स्वर्ण
विकाश चौधरी– सुदूरपश्चिम – रजत
राहुल हङ लिम्बु –बागमती – कास्य

पुरुषः ४८ केजी
जस्मीन चौधरी – लुम्बिनी – स्वर्ण
निश्चल धामी – मधेस – रजत
निशान्त प्याकुरेल – कर्णाली – कास्य
सुशन थापा – कोशी – कास्य

पुरुष ५१ किलोमा
शिव खड्का कोशी प्रथम
करण धोवी बाग्मति दो
म.अमिरुल नदल मधेश तेश्रो
हर्स नायक दार्जलि तेश्रो

पुरुष ५४
अफताब आलम मधेश प्रथम
श्रीजन श्रेष्ठ बाग्मती दोश्रो
बादल तिवारी सुदुरपश्चिम ते
बिरेन्द्र डागी लुम्बीनी ते

पुरुषः ५८ केजी
नवराज बस्नेत – लुम्बिनी– स्वर्ण
सुरेश होङ लिम्बु – बागमती – रजत
करण साह बानिया – मधेस – कास्य
सुरज मगर – कोशी – कास्य

६३ किलो पुरुष
प्रदिप तिवारी मधेश प्रथम
आकाश पल बंगलादेश दोश्रो
रोनक महतो दार्जलिङ्ग तेश्रो
विनेश तामाङ्ख दार्जलिङ्ग तेश्रो

महिलाः ४० केजी
ललिता बुढा– कर्णाली– स्वर्ण
खुशी ठाकुर– मधेस– रजत
आरती बिष्ट– सुदूरपश्चिम– कास्य

महिलाः ४३ केजी
सदीक्षा कार्की – बागमती – स्वर्ण
सारा नेम्वाङ – कोशी – रजत
सुलोचना चौधरी – कर्णाली – कास्य
सलिना यादव – मधेश – कास्य

महिलाः ४६ केजी
रुपा बुढाथोकी – लुम्बिनी – स्वर्ण
रिशिका भुजेल – कोशी – रजत
दिया रजक – बागमती – कास्य
एलिसा अर्जेल – मधेस – कास्य

महिला ४९ किलोमा
मनिषा वाईवा मधेश प्रथम
रेश्मा भुजेल कोशी दोश्रो
रश्मी प्रभा साहु उडिसा तेश्रो
दिक्षा राई बाग्मती तेश्रो

महिला ५३ किलोमा
सुमिना खड्गी बाग्मती मधेश प्रथम
जन्नतुल तमन्ना तबसम बगलादेश दोश्रो
विद्या चौधरी लुम्बनी तेश्रो
कोमल सार्की सुदुर पश्चिम तेश्रो

महिला ५७ किलोमा
प्रज्ञा परियार कोशी स्वर्ण
पुष्पा रखाल मगर मधेश रजत
रितु राना लुम्बिनी कास्य
प्रमिला सार्की कर्णाली कास्य

महिला ६३ किलोमा
प्रथम अन्जीला खड्का कोशी
दोश्रो अदिति सुनार लुम्बनी
तृतिय सलिना थापा मधेश

सिनियर १८ बर्ष मुनी महिला पुम्सेतर्फ
खुशी गौतम कोशी प्रथम
अनुस्का तामाङ्ग लुम्बनी दोश्रो
रोशनी प्रभा साहु उडिसा तेश्रो

सिनियर १८ माथि महिला पुम्सेतर्फ
प्रथम जनातुल तमन्ना तबासेन बंगलादेश
दोश्रो क्रिशिला राई कोशी
तेश्रो नुतन गुरुङ्ग लुम्बीनी

सिनियर १८ बर्ष तल पुरुष पुम्सेतर्फ
प्रथम निश्चल धामी मधेश
दोश्रो मोर्जक रहमान बंगलादेश
तृतिय प्रयन्त बस्नेत
तृतिय सोमन्त बेहेरा उडिसा

सिनियर १८ माथि पुरुष पुम्सेतर्फ
प्रथम आकाश पटेल बंगलादेश
दोश्रो स्वागत परियार लुम्बनी
तेश्रो टेक प्रसाद लिम्बु कोशी

पाँच वटा तौलको खेल हुदा, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु, मधेश प्रदेशको शुरुवाती अग्रता

जेष्ठ ४, ५ र ६ गते बारामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

 

 

 

 

 

 

 

 

शेयर
प्रतिक्रिया
Skip to content