बारा । निजगढ नगरपालिका बाराले दीर्घकालिन सोच, आवधिक लक्ष्य, बिषय क्षेत्रगत रणनिती सहितको आवधिक नगर विकास योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा चार दिने कार्यशाला गोष्ठी आज आईतबार देखि शुरु गरेको छ ।
निजगढ नगरपालिकाको आयोजना र गर्भनेन्स डिजाईन सोलुसन प्रा.ली हेटौडाको प्राबिधिक सहयोगमा गोष्ठी शुरु भएको हो ।
नगरको दीर्घकालिन विकासका लागि आगामी दिनमा कहाँ कसरी योजना छनौट गरी रकम खर्च गर्ने भन्ने बारेमा कार्यपालिका बाटै छ वटा विभिन्न बिषयगत समिति गठन गरी योजना तर्जुम ागर्न लागेको नगर प्रमुख सुरथ पुरीले बताउनु भयो ।
कार्यपालिकाले सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक समिति, सामाजिक विकास समिति , पुर्वाधार विकास समिति, वन, वातावरण तथा विपद ब्यबस्थापन समिति र विधेयक समिति गठन गरेर योजना तर्जुमा शुरु गरेको हो । कार्यशालामा नगरप्रमुख उपप्रमुख, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु , सामाजिक क्षेत्रका ब्यक्तीत्वहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
गोष्ठीलाई स्वागत उपप्रमुख सोममाया थिङ्गले गरेकी थिईन भने सहजिकरण रविन घिमिरेले गरेका थिए ।