सुरक्षा व्यबस्था कमजोर हुदा बाराका पालिकाहरु असुरक्षित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 507 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । सुरक्षा व्यबस्था मजबुत नहुदा बाराको दक्षिणी क्षेत्रमा रहेका पालिकाहरु असुरक्षित बनेका छन् । प्रहरी र शसस्त्र प्रहरीका कार्यालयहरु भएपनि पालिकाहरुमा नियमित जसो तोडफोड हुनुले पालिकाहरु असुरक्षित बनेका हुन ।

राजनैतिक दल, शिक्षक र अभिभावकहरुलेनै विद्यार्थिहरुलाई उक्साउदै अभिभावक, शिक्षक र राजनैतिक दलहरुको समेत संम्लग्नतामा हुदै आएको तोडफोडले पालिकाहरु असुरक्षित बनेका हुन । शिक्षक र विद्यार्थिको समस्या देखाउदै हालसम्म तीन पालिकामा तोडफोड भई सकेको छ । यसको अलवा अस्पतालहरुमा समेत तोडफोड भएको छ । पटक पटक तोडफोड भएपनि कोही पनि कार्वाहीको दायरामा नआउदा तोडफोडको राजनितिले प्रसय पाएको स्थानीयको आरोप छ ।

सुवर्ण गाउपालिकाले शिक्षक सरूवा गरेको बिषयमा बिद्यार्थिहरुले गाउँपालिकामा तोडफोड गरी करिब ३ करोड ५० लाख क्षति पुगेको छ । केही समय अघिमात्र सिम्रौनगढमा बिद्यार्थि शैक्षिक भ्रमण जान सहयोग नगरेको भन्दै नगरपालिकामा तोडफोड हुदा ६० लाख बढी क्षति भएको थियो । पचरौता नगरपालिकामा शिक्षककै बिषयमै तोडफोड हुदा डेढ करोडको क्षति भएको थियो ।
आधा दर्जन तोडफोडको घटना भएपनि कोही पनि पक्राउ नपर्नु र प्रहरी कार्यालय अगाडि रहेको पालिका तोडफोड हुदा समेत प्रहरी मुकदर्शक बनेको छ ।

दुई दिन अघिदेखि चक्काजाम र आन्दोलन भएको अबस्थामा चनाखो नहुदा र सुरक्षा मजबुत नहुदा पालिकाको ठुलो क्षति पुगेको छ । तोडफोड भएको सुवर्ण गाँपालिकासगै ईलाका प्रहरी कार्यालय रहेको छ । दुईदेखि तीन किलो क्षेत्रमा चर्महना, बड्की फुलबरिया, दक्षिण झिट्कैया, मझरिया र देवताल गरी छ वटा प्रहरी चौकी छन । त्यसैगरी ईटियाही र मझरियामा शसस्त्र प्रहरी रहेका छन् । तोडफोड भएको स्थानमा सुरक्षाकर्मी कम भएका कारण तोडफोड बचाउन नसकेको ईलाका प्रहरी कार्यालय कवहीका प्रमुख प्रदिप यादबले बताएका छन ।

घटना भएको पालिकासगै रहेको कवहीगोठ ईलाका प्रहरीसगै तीन किलो क्षेत्रमा आठ अन्य प्रहरी र शसस्त्रका चौकी भएपनि सुरक्षाकर्मी कम भएका कारण पालिकामा तोडफोड भएको र प्रहरी मुकदर्शक बनेपछि आफुहरु लाठी लिएर निस्किएपछि आन्दोलनकारी हटेको एक स्थानीयले बताए ।

विद्यार्थीलाई उचालेर आक्राशित बनाई आन्दोलनको नाममा तोडफोड गराउनमा केही शिक्षकहरू, बहालवाला एक प्रहरी र अभिभावकहरु गरी २६ जना बिरुद्ध मुद्यादर्ता गर्न लागेको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश राय यादवले बताए । वडाअध्यक्ष झकड यादबले राजनैतिक दल, अभिभावक लगायत विद्यार्थिको नाममा घुसपैठ गरी तोडफोड हुदै आएपनि एकजना पनि कार्वाहीको दायरामा आउन सकेका छैनन ।

हरेक घटनामा प्रतिपक्ष राजनैतिक दलहरुले बिद्यार्थिका नाममा तोडफोडको घटना चलाएपनि सवै कागजात र कम्युटर लगायत सामाग्री कार्यालयबाट निकालेर जलाउने जस्ता कार्यले पालिकाको सम्पुर्ण काम कार्वाहीमा असर पार्नुका साथै कर्मचारी असुरक्षाको कारण पालिकामा जान नमान्ने गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content