निजगढमा पशुमा देखिने लम्पी स्क्रिन रोगको प्रकोप

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 869 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको निजगढमा पशुहरुमा देखिने लम्पी स्क्रिन रोगको प्रकोप देखिएको छ । गाई भैँसीमा देखिने यो सङ्क्रामक रोग निजगढको पाँच वडामा दुई दर्जन गाईमा देखिएको छ ।


निजगढ वडा नं. ७ का स्थानीय धु्रव खड्काले गाईलाई उच्च ज्वरो हुने फोका हुने समस्या देखिएको बताउनु भएको छ ।


निजगढ ३, ७, ९, ११ र १३ वडामा गरी करिब दुई दर्जन गाईमा यो रोग देखिएकोे निजगढ नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख युगलकिशोर सिहले बताउनु भयो । पशु स्वास्थ्य शाखा प्रमुख सिंहले रोग देखिनासाथ स्वास्थ्य सेवा विभागबाट अनुसन्धानबाट पनि रोग लम्पी भएको पुष्टी भएकोले नगरपालिकाबाट भ्याक्सिन दिने अभियान शुरु गर्न लागिएको बताउनु भयो ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरण क्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाई भैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने गरेको सिंहले बताउनु भयो ।

उच्च ज्वरो, शरिरमा गोलो गिर्खा, ओठ, मुख थुतुनो र नाकमा घाउ हुने आखा र नाकबाट अत्यधिक तरल पदार्थ आउने गरेको छ । रोग लागेपछि प्रभावकारी उपचार नभएकोले लक्षण अनुसार औषधी दिने गरेको सिहको भनाई छ । पशुको ओसार पसार नगर्ने , भ्याक्सिन लगाउने , गोठ सरसफाई राख्ने लगायतको यो रोग नियन्त्रणको उपाय भएको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content