बाराको जीतपुरसिमरामा  बाघको आक्रमणबाट एक गम्भिर घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 627 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
17 months old Bengal tiger cub (male) resting in open area early morning, dry season

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित हलखोरिया साझेदारी बनको खयरघारीमा बाघको आक्रमणबाट स्थानीय ३५ वर्षीय प्रमिला थिङ गम्भिर घाईते भएकी छिन ।

बाघले आक्रमण गर्दा उनको अनुहार, पेट लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । अस्पतालमा रहेकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले महिलाको शरीरमा गम्भिर चोट लागेकोले उपचार भईरहेको जानकारी दिएकीछिन । उनको अवस्था खतरामुक्त रहेको जनाएकी छिन ।

जितपुरसिमरा १४ स्थित वोरिङ टोल बस्ने ३६ बर्षिय राम बहादुर थिङ र निजको श्रीमती ३२ बर्षीय प्रमिला थिङ दाउरा काटीरहेको समयमा अचानक जङगली बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।

स्थानिय कपिल खरेलका अनुसार घर नजिकैको जंगलमा बाघले आक्रमण गरेकोमा महिला ठुलो आवाजमा चिच्याउन थालेपछि स्थानीयले होहल्ला गर्दै बाघलाई लखेटेका हुन ।

डिभिजन वन कार्यालय बाराले भने महिलालाई आक्रमण गर्ने बाघ भन्दा पनि ठुलो प्रजातीको चितुवा भएको जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content