सिमरा । बाराको सिमराबाट अवैध लागू औषध ३ हजार एम्पुल सहित एक जना सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवताल गाउँपालिका वडा न।०५ घर भई हाल वीरगंज महानगरपालिका वडा नं।१८ नेश्नल मेडिकल कलेज छेउमा डेरा गरी बस्ने बर्ष २१ को अमित कुमार नुनिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराको गस्ती टोलीले जितपुरसिमरा उप(महानगरपालिका वडा नं।२ स्थित सिमरा चोकमा चेक जाँच गर्ने क्रममा वीरगंज देखि बनेपाको लागि छुटेको ना।६।ख।९०९९ नं। को यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा प्रहरीले अवैध लागु औषध बरामद गरेको हो । प्रहरीले चेक जाँच गर्ने क्रममा नुर्फिन एक हजार पिस, फेनारगन एक हजार पिस र डाइजेपाम एक हजार पिस गरी तीन हजार एम्पुल अवैध लागू औषध लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो । लागू औषध कारोबारमा संलग्नरहेका बसका सह चालक लाई प्रहरी ले नियन्त्रणमा लिएको हो। पक्राउ परेका नुनिया लाई लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिन को म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
सिमराबाट अवैध लागू औषध सहित एक जना सहचालक पक्राउ

प्रतिक्रिया
प्रतिक्रिया