निजगढ । लागू औषध गाँजा सहित बारामा एक पक्राउ परेका छन । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नं.३ सिंगौल टोल बस्ने बर्ष ४५ को अर्जुन कुमार तामाङ रहेका छन् ।
निजगढ ८ पुर्ब पश्चिम लोकमार्ग सडक खण्डको तामागढीमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हेटौडाबाट महोत्तरीको लागि आएको ना ७ ख ६४६० नं। को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार तमाङ र उनले बोकेको जेब्रा झोला र पछाडि भिर्ने कालो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा १२ के.जी. फेला परेको प्रहरीले जनाएको छ ।