खोलामा अबैध उत्खनन, तीन जेसिवि पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । कोल्हबी नगरपालिकाले नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र वालुवा) विक्री वितरण गर्न लगाएको ठेकदारले अनियमित गरेपछि प्रहरीले लालबकैया खोलाबाट तीन जेसिवि पक्राउ गरेको छ ।

पक्राउ गरेको जेसिबिमा बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नंबरका खोलामा अबैध उत्खनन गर्दै गरेको जेसिबि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ गरिएको जेसिबि जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारामा राखिएको छ । नम्बर प्लेट समेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका र ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

नगरपालिकाले बा ३ क ३२२ र ना. १ क ८१८४ नम्बरको दुई जेसिबि खोलामा उत्खननका लागि अनुमति दिएपनि ठेकदारले पाँच भन्दा बढी जेसिबि चलाउदै आएकोले पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरिक्षक रुपेश कुमार ठाकुरले बताउनु भएको छ ।


यस अघिपनि अबैध उत्खनन भएकोमा छ ट्रिपर पक्राउ गरी डेढ लाख जरिवाना गरेर छाडिएको थियो । खोला उत्खननका लागि प्रसाई सेवा कोल्हवी, रियन्स निर्माण सेवा कोल्हवी, सिद्धार्थ निर्माण सेवा काठमाण्डौ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हवीले यस बर्ष चार करोडमा ठेक्का सकार गरेको हो ।


कोल्हबी नगरपालिकाका नगरप्रमुख राम प्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफुले पटक पटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकदारले मनोमानी गरेको बताउनु भयो । अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एक पटक मात्र अनुगमन गरेको चौधरीले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content