बारा । जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख तथा हुलाक बचत बैकका प्रमुख बलिराम प्रसाद कुर्मी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन । पर्सा निवासी प्रमुख कुर्मीले २०७५ सालदेखि बैकमा जम्मा गरेको ब्याज र बचत गरी दुई करोड ७५ लाख रकम हिनामिना गरेको आरोपमा उनी पक्राउमा परेका हुन । सबै बचतकर्ता र क्रणीहरुले उजुरी गरेपछि प्रमुख कुर्मी पक्राउ परेका हुन ।
पिडितहरु आउने क्रम जारी रहेकोले यो रकम अझै बढ्ने आंशका रहेकोले जम्मा रकम फिर्ता नपाएका वा ठगीमा परेका बचतकर्ताहरुलाई प्रमाण सहित प्रहरीमा उजुरी दिन आग्रह समेत गरिएको प्रहरी नायब उपरिक्षक एवम प्रहरी प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो ।
बचतकर्ता र क्रणीहरुको रकम जम्मा नगरी घरजग्गा, हुण्डी लगानी गरी हिनामिना तथा ठगी गरेको आरोपमा पक्राउ गरी आबश्यक कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानले कुर्मी पक्राउ परेपनि उनीसगै अन्य सम्लग्नहरुलाई समेत छानविन पछि पक्राउ गर्ने बोगटीले बताउनु भयो । भर्पाई बनाई दिने तर जम्मा नगर्ने गरेका प्रमुख कुर्मीसगै अन्यको बारेमा पनि छानविन भईरहेको प्रहरीले जनाएको छ । पिडितहरु आउने क्रम जारी रहेकोले थप रकम बढ्ने आशका गरिएको छ ।
ठगी सम्बन्धि मुद्या दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आबश्यक छाविन भईरहेको बोगटीले बताउनु भयो ।