निजगढ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अब बन्ने भएको छ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी मोडालिटी तय गरी निर्माण कार्य चाडैँ अघि बढाउने जनाएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छिट्टै अघि बढाउने बताएका हुन्।
सरकारले विमानस्थल आयोजनाको वातावरणी प्रभाव मूल्यांकन, बस्ती स्थान्तरण, मुआब्जा वितरण जग्गा संरक्षण लगायत पूर्व तयारीका कामका लागि बजेट छुट्याएको छ।
त्यसैगरी तराई मधेस द्रुतमार्ग निर्माणका लागि सरकारले २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ। यो आयोजना समयमा नसकिने भएका कारण आगामी तीन वर्ष भित्रमा निर्माण सक्ने लक्ष्य सरकारले लिएको छ ।