एक लाख भन्दा बढी रकम सहित भन्सार छलीको समान बरामद

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जिल्ला प्रहरी कार्यालय बाराले एक लाख भन्दा बढी रकम सहित भन्सार छलीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं।१० मटिअर्वा स्थित सार्वजनिक सडकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी अबैधरुपमा नेपाल भित्राएको १ लाख ५० हजार ५४४ रुपैया बराबरको कुर्ता सुरूवाल तथा किराना सामान र उक्त मालसामान र सो समान ओसार पसार गर्न प्रयोग गरेको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकल तथा मालसमान भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content