दलितलाई भाडाकुडा वितरणका नाममा चियानास्तामा मात्र एक लाख आठ हजार खर्च

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रेशम तिवारी
सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले दलित बर्गका समुहलाई भाडाकुडा वितरणमा अनियमितता गरेको छ ।
नारायणी स्कील डेभलपमेन्ट प्रा.ली.ले तीन लाख ८९ हजार दुई सय पचासको भाडाकुडा खरिद गरी बितरण गर्दा चियानास्तामा मात्र एक लाख आठ हजार सात सय २४ रुपैया खर्च गरेको देखाएर अनियमितता गरेको हो ।

भाडाकुडा खरिद गरी छोटो समयमै बितरण गर्दा खाजाको नाममा रकम बजेटको तुलनामा ठुलो रकम अनियमितता गरेको हो । महालेखा परिक्षकको कार्यालयले समेत जीतपुरसिमराको बार्षिक प्रतिबेदन सार्वजनिक गर्दै असम्बन्धितरुपमा भएको खर्च भन्दै सो जानकारी समेत गराएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content