मर्म विपरित सहकारी सञ्चालन हुदा समस्यामा – महासंघका सञ्चालक चौलागाई 

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
रेशम तिवारी
बारा । राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सहकारी मुल्य मान्यता र मर्म विपरित सञ्चालन हुदा सहकारीमा समस्या आएको बताउनु भएको छ ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमरा बाराको १६ औं स्थापना दिवसको अबसरमा शनिवार प्रमुख अतिथि चौलागाईले सो कुरा बताउनु भएको हो ।
सहकारीको मर्म अनुसार सञ्चालन भएको सहकारीलाई कुनै समस्या नपरेको बताउदै चौलागाईले सरकारले उचित सम्बोधन गर्नुको सट्टा हरेक बर्ष कर थप्ने मात्र काम गरेको बताउनु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रदेश सभा सासद देबनारायण चौधरीले प्रदेशकै उत्कृष्ट हातेमालो सहकारीलाई सक्दो सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सहकारीको नियमन र अनुगमन लगायतको सहकारीहरुलाई संस्थागत विकासमा नगरको जोड दिने बताउनु भयो । पुर्व जितपुरसिमराका प्रमुख एवम सहकारीका सस्थापक अध्यक्ष डा. कृष्ण प्रसाद पौडेलले दुःखमा आफु लगायतले जन्माएको सहकारी १६ बर्ष पुगेकोले जवान भएको बताउदै यसका चुनौतीमा शेयर सदस्य सबैको हातेमालो हुनु पर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव दीपक भट्टले गर्नुभएको थियो । सचिव दिपक भट्टले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष क्षेमादेबी अधिकारीले स्वागत गर्नु भएको थियोे ।
३ हजार ८ सयभन्दा बढी सदस्य रहेको संस्थाले ७० करोड रुपियाँको कारोबार गरेको बताइएको थियो ।
कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली काङ्ग्रेसका नगर सभापति छबिलाल शर्मा, नेकपा एमाले सचिवालय सदस्य मनोज पौडेल, नेकपा माओबादीका नगर अध्यक्ष प्रेम बराल , जसपाका रुपलाल चौधरी , नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य दिनेश राई , वडा नम्बर १३ का अध्यक्ष हेमनारायण चौधरी ,त्यसैगरी नेपाल पत्रकार महासङ्घ बाराका सभापति रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो ।
शेयर
प्रतिक्रिया
Skip to content