टेलिभिजनकर्मी बारा सम्वाददाता गुरुप्रसाद गौतम सम्मानित

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
रेशम तिवारी
बारा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमरा बाराले टेलिभिजनकर्मी बारा संवाददाता गुरुप्रसाद गौतमलाई सम्मानित गरेको छ ।

संस्थाको १६ औं स्थापना दिवसको अबसरमा शनिवार गौतम सम्मानित भएका हुन । संस्थाले १० हजार नगद, दोसल्ला र सम्मानपत्रले गौतमलाई सम्मानित गरेको हो ।
सम्मानित हुनेमा सिमरा कलेजकी छात्रा कान्छी चौधरी र छात्र सहिद महमद्, डुमरवना कलेजका छात्र शिवराज चौधरी र छात्रा अप्सरा चौलागाइँ रहनुभएको थियो । संस्थाले जनही नगद ५ हजार र सम्मानपत्रले सम्मानित गरेको हो । अविभावकलाई सम्मान गरिएको थियो । यस्तैगरी उत्कृष्ट कर्मचारीमा नगद ५ हजारसहित मनिषा न्यौपानेलाई सम्मानित गरिएको थियो ।
यसैगरी संस्थाले उत्कृष्ट वचतकर्ता सूर्यबहादुर तामाग, झंकप्रसाद ढुंगाना, नवीनकुमार गुप्ता, सुनिलकुमार कानु, उत्कृष्ट कारोबारकर्ता पार्वतीकुमारी क्षेत्रीनी, गजेन्द्र साह कानु, शेख हुसेन र सुस्मिता मोक्तानलाई सम्मानित गरेको थियो ।
यस्तै जेष्ठ सदस्य ८० वर्षीया आसमवा शेखिन र ८१ वर्षीया  शंकटाप्रसाद पाठकलाई सम्मानित गरिएको थियो भने स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै डा. रवीन्द्रकुमार सिंहलाई सम्मानित गरिएको थियो ।
शेयर
प्रतिक्रिया
Skip to content