मधेश प्रदेश स्तरिय कराते प्रतियोगिता सम्पन्न, सिरहा प्रथम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 821 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । स्थानिय स्तरमा कराते खेलको विकास र बिस्तारमा टेवा पुर्‍याउने उदेश्यले नेपाल सितोरियो कराते डोजोको आयोजनामा प्रथम मधेश प्रदेश स्तरिय कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ । दुईदिन सम्म संचालित प्रतियोगितामा सिरहा जिल्ला प्रथम, रौतहट द्वितिय र आयोजक तृतीय भएको छ।

प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा लगाएत आठ जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल सितोरियो कराँते डोजोका प्रमुख सानु पटेलको अध्यक्षता तथा नेपाल कराँते महासंघका अध्यक्ष एवम राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिब युवराज लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा नेपाल सितोरियो कराँते मधेश प्रदेश प्रमुख रामचन्द्र ठाकुरको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बिजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content