वातावरण दिवसको अवसरमा महिलाहरुद्धारा समुदाय सरसफाई

तराइ संचार
तराइ संचार 829 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

लक्ष्मी खरेल
कलैया ।  बाराको सुवर्ण गाउँपालिका र महागढिमाई नगरपालिकामा विश्व वातारण दिवसको अवसर पारेर समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सुवर्ण गाउँपालिका वडा नं. ८ स्थित भिष्वा प्रशुरामपुर तथा महागढिमाई ८ वेतवनाका महिला कृषक समुहले सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन ।


आफ्नो आफ्नो समुदाय सरसफाई गरेर दुवै पालिकामा दिवस मनाएका हुन् । आफ्नो घर बाहेकको वातावरण फोहोर छ भने त्यसको असर सबैले भोग्नुपर्ने भएकोले गाउँ सफा बनाउनु सबैको दायित्व हो भन्ने बुझाउन कार्यक्रम गरिएको महम्दन महिला कृषक समुहका सदस्य मदिना खातुनले बताइन् ।


सरसफाईका क्रममा थुपारिएका फोहोर उठाउन पालिकाको गाडी बोलाइएको थियो । विगत एक वर्ष देखि कृषक महिलाहरु संगठित भएर मासिक बैठक बस्ने, बचत गर्ने, विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन् । यसका लागि आवश्यक आर्थिक सहयोग समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजनाले उपलब्ध गराएको महागढिमाई नगरपालिका ८ का वडाध्यक्ष वोहाव अन्सारीले बताए ।

एससिआर परियोजना स्लामिक रिलिफको आर्थीक सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसीको आयोजनामा महागढिमाई नगरपालिकाको १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको १, ५, ६ र ८ मा संचालन यो कार्यक्रम भइरहेको छ । कार्यक्रममा पालिकाले सफा गर्छ भन्दै जथाभावी फोहोर फाल्ने प्रवृत्तीलाई सुधार्नु पर्ने बताईएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content