कोल्हवी मेयर क्रिकेट कप युवा यात्रा क्लब कलैया बिजयी

तराइ संचार
तराइ संचार 684 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको कोल्हवीमा जारी प्रथम मेयर क्रिकेट कप २०७७ को आज तेश्रो दिनको खेलमा युवा यात्रा क्लब कलैयाले जित हासिल पारेको छ ।
आज सिम्रौनगढ क्रिकेट कल्ब र युवा यात्रा कल्ब कलैया बिच खेल भएको खेलमा कलैया बिजयी भएको हो । कलैया र सिम्रौनगढ क्रिकेट कल्ब बिच भएको खेलमा सिम्रौनगढले टस जितेर ब्याटिङग गरेको थियोे । सिम्रौनगढ क्रिकेट कल्बले सम्पुर्ण ओभर खेल्दै ७२ रन बनाएको थियो । त्यस्तै युवा यात्रा क्लब कलैयाले १८ ओभरको तेश्रो बलमा ६ बिकेटले ७३ रन गर्दै जित निकालेको थियो । युवा यात्रा कल्ब कलैयाका सागर गुप्ता म्यान अफ दि म्याच भएका थिए । उनले ६ विकेट लिनुका साथै ह्याट्रिक समेत गरेका थिए । भोलि बुधबारको खेल युवा समाज ९पलास० र कटहरी बिच बिहान ८ बजे देखी हुने आयोजकको अध्यक्ष ज्ञानेन्द्र चौधरीले जनाएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content