मानवत–मटिअर्वा सडकखण्डमा अबरोध र उपमहानगरमा तालाबन्दीले समस्याको समाधान हुदैन– प्रजिअ सापकोटा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 857 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय
कलैया  । १२ बर्ष अघि शुरु भएको बाराको मानवत–मटिअर्वा सडकखण्डको करिब तीन किलोमिटर सडक निर्माण नहुदा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहको टाउको दुखाई बनेको छ ।
बाटो अघिल्लो नगरप्रमुख राजेश राय यादबले बनाउन पहल नगरेको भन्दै चर्को आलोचना र सोही तीन किलो मिटर बाटो तत्काल शुरु गराउने आसमा यादबको विकल्प साहलाई छानेपनि साहबाट समेत आश गरेअनुसार काम नभएपछि माग गर्दै स्थानीयले कलैया उपमहानगरपालिकामा तालाबन्दी र सडक अबरुद्ध पारेका छन् ।

   निर्माण भएको अन्य स्थानमा फेरी भत्कन थालेपनि सदरमुकामको मुटुमा सडक बन्ने छाटकाट नभएपछि स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन । मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया स्थित संस्कार एफ. एम देखि  दुर्गा उच्च  माध्यमिक विद्यालय बरेवा सम्म करिब तीन किलोमिटर सडक निर्माण नहुदा स्थानीय आन्दोलित भएका हुन । आयोजना सुरु भएको १२ बर्ष भएपनि निर्वाचनमा दिएको आश्वासन पुरा नगरेर नगरप्रमुखले जनताको समस्यामा ध्यान दिन नसकेको आरोप स्थानीय सोनु पटेलको छ । निर्माण कार्य नहुदा स्थानीयहरुले तीन दिन देखि चक्का जाम गर्दै आएका थिए । यस अघि पनि पटक पटक आन्दोलन गरेका हुन ।
    मानवत मटिअर्वा सडकखण्डमा बाँकी काम सम्पन्न गर्नका लागि सप्तकोशी जलाधार ओमसाई एण्ड कम्पनी जेभी नयाँ बानेश्वर काठमाण्डौंले ठेक्का लिएको हुलाकी राजमार्ग सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले जानकारी दिएका छन ।
उनका अनुसार सडक तथा नाला निर्माण कार्यका लागि ३६ करोड ५२ लाख ७८ हजार ७२४ रुपैयाँ  लागत अनुमान गरिएको भएपनि ठेकेदार कम्पनीले २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ ९४ पैसामा ठेक्का सकार गरेको थियो । ३ दशमलव ६७८ किलोमिटर ६ लेन सडकको चौडाइ ३० मिटर छ । फुटपाथको चौडाइ २दशमलव ३० मिटर छ भने मेडियन डिभाईडरको चौडाइ २ मिटर छ ।
०७८ माघ २ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडक र नालाको काम ०७९ माघ १ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा भएपनि थप एक बर्ष म्याद सकि सकेको छ ।
शुरुमा स्थानीय केहीले मुअब्जा र बाटो बनाउन असहयोग गरेपनि अहिले धेरैले मुअब्जा बुझेर सडक तत्काल बनाउन माग गरेका छन् । स्थानीय उपमहानगपालिका र प्रशासनले पहल नगरेका कारण समयमा बाटो बन्न नसकेको आरोप स्थानीयको छ । सबै ठाउँमा संरचना हटाइसकेको अवस्थामा सडक बन्न नसक्नु दुःखद् भएको स्थानीय सुवास कुश्वाहाले बताउनु भएको छ ।
८१ जनाले बाटोमा परेको घर तोडिएको छ भने १२ घरले नयाँ दरअनुसारको मुअब्जा माग्दै आएका छन । त्यस्तै १९ घरले मुअब्जा पाईसकेकोले तोड्न बाकी रहेको छ । २०६८ सालदेखि बाटो निर्माण शुरु भएपनि मुख्य बस्ती र चौक भने बाटो नहुदा कुरुप बनेको स्थानीय डा. शुसिल साहले बताउनु भएको छ ।
सडक जाम र कार्यालयमा तालाबन्दी भएपछि कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह र पिडीत स्थानीयबिच बार्ता भई मानवत–मटिअर्वा सडक खण्डको बाटो निर्माण कार्य र भत्काउन बाँकी रहेको घर भत्काउन तिन दिन भित्र  शुरु गर्न नगरप्रमुखले मागेको समय दिन स्थानीय मन्जुर भएपछि सडक र तालाबन्दी खुलेको हो । तीनदिन भित्र काम शुरु गर्ने ब्यबस्था मिलाउन नसके आन्दोलनमा आफै आउने नगर प्रमुख साहले बताएका थिए । साहले आफुले पटक पटक पहल गरेपनि ठेकदारले घाटामा ठेक्का सकारेका कारण ठेकदार फरार भएको बताउनु भयो । उनले दुईदिन भित्र ठेक्का तोडेर नयाँ ठेक्का लगाउन पहल भईरहेको बताए । सडक निर्माण संघको कार्यक्रम भएकोले आफनो क्षेत्रमा नपरेपनि जनताको समस्यामा आफु लागि परेको उनले बताए ।
स्थानीय जनताले कुरा नबुझी सडक अबरोध , चक्काजाम र उपमहानगरमा तालाबन्दीले समस्याको समाधान नहुने बताउनु भएको छ । आफु तत्काल नयाँ ठेक्का लगाएर आफनै कार्यकालमा बाटो निर्माण काम सम्पन्न गर्ने अभियानमा रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भएको छ ।   बाटो रोकेर कुनै काम नगर्न उनले आग्रह समेत गर्नु भएको छ ।
शेयर
प्रतिक्रिया
Skip to content