बकैया ठाकुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा

तराइ संचार
तराइ संचार 279 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । श्री बकैया ठाकुर माध्यमिक बिद्यालय खयरघारी निजगढ नगर स्तरिय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा होलि एन्जल्स अङ्ग्रेजी माध्यमिक बिद्यालयलाई १–० ले पराजित गर्दै बकैया ठाकुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बकैया ठाकुरको जितमा खेलको ३० औ मिनेटमा कप्तान सुजन कुमरले फ्री किक मार्फत गरेको गोलले बिजयी बनाएको हो । बकैया ठाकुरको जितमा निर्णायक गोल गरेका कप्तान कुमर नै खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार आयोजक निजगढ फुटबल क्लब र बिध्यासागर अङ्ग्रेजी माध्यमिक बिद्यालय बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा बिद्यालयको १२ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content