अमेरिकामा राष्ट्रपति चुनावको प्रारम्भिक मतपरिणाम बाइडेन १३१ इलेक्ट्रोल मतमा अघि

तराइ संचार
तराइ संचार 739 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

न्यूर्योक टाइम्सका अनुसार प्रारम्भिक नतिजामा बाइडेन १३१ इलेक्ट्रोल मतमा अघि रहेका छन् । राष्ट्रपति ट्रम्प ९२ इलेक्ट्रोल कलेजमा अघि रहेका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ इलेक्ट्रोल कलेज मत मध्ये २७० मत चाहिन्छ । प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबिच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रारम्भिक नतिजाका आधारमा केही भन्न नसकिने विज्ञले बताएका छन् । यो पटकको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढि रहेको र मतगणना राज्य अनुसार भिन्न तरिकाले भएकाले स्पष्ट नतिजाका लाग पर्खिनु पर्ने उनीहरुको भनाई छ ।

ट्रम्पले अलाबामा, अर्कान्सा, इन्डियाना, केन्टकी, टेनिसी, ओक्लोहोमा, साउथ क्यारोलाइना, नर्थ तथा साउथ डकोटा र वेष्ट भर्जिनियामा जित हाँसिल गर्ने र बाइडेनले कोलोराडो, केनटिकट, डेलवर, भर्मोन्ट, मेरिल्याण्ड, मासाचुसेट्स, न्यू जर्सी, न्यूर्योक र वासिङ्गटन डिसीमा जित्ने आँकलन गरिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content