गौरीशंकर मा बि सहिद चोक ए फुटबलको सेमिफाइनलमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 365 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । गौरीशंकर माध्यमिक बिद्यालय सहिद चोक ए निजगढ नगर स्तरिय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीशंकर माध्यमिक बिद्यालय सडकटोललाई २–१ गोल अन्तरले पराजित गर्दै गौरीशंकर सहिद चोक सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको १६ औं मिनेटमा प्रवीण कुमरले गोल गर्दै गौरीशंकर सहिद चोकलाई शुरुआती अग्रता दिलाएका थिए । तर २१ औं मिनेटमा गौरीशंकर सडकटोलका सरोज घलानले पेनाल्टी मार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

तर ३० औं मिनेटमा गौरीशंकर सहिद चोकका रमित पुलामिले गोल गर्दै २(१ को जित दिलाए । खेलको म्यान अफ द म्याच गौरीशंकर सहिद चोकका कप्तान समीर माझी घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रवार श्री सार्वजनिक माध्यमिक बिद्यालय बाघदेव र श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरी बिच प्रतिस्पर्धा हुनेछ ।

निजगढ फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा बिद्यालयको १२ वटा टिमले सहभागिता जनाएकाछन ।

शेयर
प्रतिक्रिया
Skip to content