बारा । बारामा खानेपानी टंकी सम्पन्न भएको दुई दशक हुदा सम्म सञ्चालनमा नआउदा करिब डेढ खर्व बराबरको योजना अलपत्र बनेको छ । नयाँ योजना थपिदै जाने तर सम्पन्न भएको पुराना खानेपानीको योजना अलपत्र हुदा जिल्लाका स्थानीय स्वच्छ खानेपानी पिउनबाट बञ्चित बनेका छन् ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा वडा नं. ५ मा २० बर्ष अघि बनेको खानेपानी टंकी अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । खानेपानी तथा सरसफाई डिभिजन नं ४ बारा पर्साले ५ करोड र स्थानीय पालिका र अन्य निकायबाट सोलार प्लान्ट समेत निर्माण भएको यो खानेपानी आयोजना पाईपलाईन बिस्तार नहुदा सञ्चालनमा आउन नसकेको हो । बिगतमा सडक बाटो घाटो नबनेपनि हाल स्थानीय सरकारको पहिलो काम नै सडक ढलान भएका कारण जताततै ढलान र पिच बनेपछि अब त जनश्रमदानबाट पाईपलाईन बिस्तार कठिन बनेको हो । करोडौको आयोजन ाबनेर पनि सञ्चालनमा आउन नसक्दा यहा“को ठुलो जनसङख्या स्वच्छ खानेपानीबाट बञ्चित बनेका छन । स्वच्छ खानेपानी नहुदा उनीहरु आर्सेनिक युक्त ट्युबेलको पानी पिउन बाध्य हुदै आएका छन ।
पुर्व वडाअध्यक्ष समेत रहेका स्थानीय मोहित चौधरीले पाईपलाईन बिस्तार हुन नसक्दा खानेपानीको ओभरहेडटंकी बनेको २५ बर्ष नाघेपनि सञ्चालनमा आउन नसकेको बताउनु भएको छ । उनले पाईपलाईन बिस्तार हुन नसक्दा आफु वडाअध्यक्ष भएर पनि सञ्चालन गर्न नसकेको बताए । उनले पटक पटक पहल मात्र हैन खानेपानीको लागि बिधुतको समस्या हुन नदिन आफनो पहलमा सोलार प्लान्ट समेत लगाएको बताए ।
खानेपानी तथा सरसफाई डिभिजन नं ४ बारा पर्साले बाराको १६ स्थानीय तहमा जितपुर जस्तै ३५ खानेपानीे ओभरहेडटंकी बनाएको छ । बनेको टंकी सञ्चालनमा जोड दिनुको सट्टा नयाँ योजना र टंकी निर्माणमा कार्यालयले जोड दिदा राज्यको खरबौको योजना अलपत्र परेको छ । बनेका मध्ये २७ वटा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पानी सञ्चालन नहुदा पाईप मोटर लगायत महत्वपुर्ण सामाग्री चोरी र नष्ट हुदै आएको छ ।
स्थानीय पालिकाले समेत खानेपानी बितरणमा ध्यान दिन नसकेको कारण सञ्चालनमा आउन नसकेको स्थानीयको भनाई छ ।
एक ओभरहेडटंकी निर्माण गर्न करिब ५ करोेड लागत लाग्ने गरेकोमा २७ वटाको डेढ खर्वको योजनाहरु दुई दशकदेखि एकातर्फ अलपत्र छ भने स्थानीयबासी स्वच्छ खानेपानी पिउन बञ्चित बनेर आर्सेनिक युक्त खानेपानी पिउदै आएका छन् ।
स्थानीय कोल्हवी नगरपालिकाका सखुई निवासी बालेश्वर चौधरीले चापाकलको पानीमात्र पिउदा धेरै स्वास्थ्यमा समस्या देखिने गरेको बताउदै छिटो टंकी सञ्चालन गर्न माग गरेका छन ।
योजना धेरै बजेट कम र उपभोक्ता समिति मार्फत पाईप राख्ने ठाउ खन्ने र पुर्ने काम गर्नु पर्ने भएकोले समस्या देखिएको खानेपानी तथा सरसफाई डिभिजन नं ४ बारा पर्साका निमित्त कार्यालय प्रमुख किसोरी प्रसाद यादबको भनाई छ । उपभोक्ता समिति मार्फत पाईपलाईन बिस्तार गर्ने कार्य मधेशमा कठिन बनेको र श्रमदान गर्ने परिपाटी अन्त्य भएकोले समस्या परेको उनले बताए ।
राजनैतिक पहुचको आधारमा योजना माथि योजना छनौट गर्ने खानेपानी तथा सरसफाई कार्यालयको ठोस निति नहुदा खानेपानीको पाईपलाईन चुनैति बनेको छ । गाउँगाउँमा बाटाघाटामा पक्की बनेका कारण झनै चुनौति थपिएको छ । योजना अधुरो छाडेर खानेपानी ओभरहेड टंकीमात्र निर्माणले एका तर्फ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैनन भने अर्कोतर्फ राज्यको खरबौको योजना बर्षौदेखि अलपत्र हुदा सञ्चालनमै आउन नसक्ने अबस्थामा पुगेका छन ।