अन्तर बिद्यालय फुटबलको फाईनलमा रतनपुरी र बकैया ठाकुर

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 302 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगर स्तरिय अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधिको लागी फाईनलमा श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरी र श्री बकैया ठाकुर माध्यमिक बिद्यालय भिड्ने भएका छन । दोश्रो सेमिफाइनल खेलमा मंगलबार ने रा मा बि रतनपुरीले बिद्या सागर अङ्ग्रेजी माध्यमिक बिद्यालयलाई पराजित गर्दै बकैया ठाकुरसङ्गको उपाधी भिडन्त पक्का गरेकोहो ।

ने रा मा बि ले बिद्यासागरलाई ३–० गोल अन्तरले पराजित गरेकोहो । खेलको १३ औं मिनेटमा राजिब लामाले गोल गर्दै ने रा मा बि लाई शुरुआती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा कर्मा मोक्तानले गोल गर्दै अग्रता दोब्बर बनाए । बिधा सागर माथी हाबी भएको खेलको ५८ औं मिनेटमा ने रा मा बि को वसन्त थोकरले गोल गर्दै ३–० को जित दिलाए । खेलको म्यान अफ द म्याच ने रा मा बिका बिक्रम लामा घोषित भए ।

प्रतियोगिताको उपाधी भिडन्तको लागि अब असार ७ गते बकैया ठाकुर मा बि र ने रा मा बि रतनपुरि बिच फाईनल प्रतिस्पर्धा हुनेछ । बकैया ठाकुरले यसअघि पहिलो सेमिफाइनलमा श्री गौरीशंकर मा बि सहिद चोक ए लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोहो । निजगढ फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा बिद्यालयको १२ वटा टिमले सहभागिता जनाएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content