सिम्रौनगढलाई संरक्षित क्षेत्र र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न मैनालीको सरकारसँग माग

तराइ संचार
तराइ संचार 500 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम
काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लाको पुरातात्विक तथा सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्वको सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरेका छन्।
उनले सिम्रौनगढ क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने भएको बताउदै यस्तो माग गरेका हुन ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक शुन्य समयमा बोल्दै सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिने भएकोले त्यसतर्फ पनि सरकारलाई सचेत गराए।

‘बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी भएको बताउदै उनले अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरुमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरु फेला परिराखेको छ।’

सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताए ।

‘म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस्। विश्व सम्पदा सूचिमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु।’ उनले बताएका हुन । सासद मैनाली सोही बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा बिजयी भएका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content