निजगढ । समग्र विकास र सम्वृद्धिको लागि सार्वजनिक हुन लागेको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने महत्वपुर्ण सुझाव सहित ने.क.पा (माओबादी केन्द्र) निजगढ नगर समितिले नगरप्रमुख सुरथ पुरीलाई ध्यानाकर्षण गरेको हो ।
केन्द्रले निर्माणाधिन फास्टट्रयाक , निजगढ अन्तराष्ट्रिय विमानस्थल , पूर्व ( पश्चिम विधुतीय रेलमार्ग र निजगढ स्मार्ट सिटि लगायतको पूर्वाधारहरु सहित निजगढको समग्र पक्षलाइ व्यवस्थित र दिगो बनाउन आवश्यक रहेको ध्यानाकर्षण गराउदै निजगढ नगर प्रमुख मार्फत सिंगो कार्यपालिकामा पेश गरेको हो ।
नगरप्रमुख पुरी लाई ध्यानाकर्षण पत्र बुझाउन नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दंगाल, मधेस प्रदेश कमिटी सदस्य रवि दंगाल, धनमाया लामा पार्टी नगर सचीव रमेश अर्याल, जिरिमाया बल, कुमार लामा योन्जन, सुदर्शन थपलिया, सबिना थापा, राजकुमार कार्की, यतिराज सापकोटा, तुलसि कडेल,मोहन डिसि, रमेश गौतम लगायतको उपस्थिति रहेको थियो।
प्रभावकारी साहयता कक्ष स्थापना , बक्यौता कर रकमलाइ कडाइको साथ उठाउनु पर्ने . विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्थापन गर्नुपर्ने , २४ सै घण्टा स्वास्थ्य उपचार सेवा दिनुपर्ने ,निशुल्क स्वास्थ्य विमा गरिदिनु पर्ने, एक वडा एक एम्बुलेन्स संचालनको नीति लागु गर्नुपर्ने , निजगढ रिंगरोडको अवधारणालाइ अगाडी बढाउनुपर्ने जस्ता नौ पेज लामो सुझाव दिएको छ .
के छ ने.क.पा (माओबादी केन्द्र) ले नगरप्रमुख सुरथ पुरीलाई बुझाएको ध्यानाकर्षण पिडिएफमा हेर्न सकिन्छ ।