‘कालो झण्डा देखाउने’ अभिव्यक्तिपछि पुण्य गौतम पक्राउ

तराइ संचार
तराइ संचार 629 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानल बारा निजगढ घर भई हाल काठमाण्डौ निबासी पुण्य गौतमले भिडियोमा बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताएका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ । नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content