बारामा ३ स्थानीय तह समयमै बजेट ल्याउन असफल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 719 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । १६ स्थानीय तह रहेको बारामा ३ स्थानीय तहले आ.व. ०८०÷०८१ का लागि समयमै बजेट निति तथा कार्यक्रम ल्याउन असफल बनेका छन ।

संविधान र कानुनले स्थानीय सरकारलाई बजेट ल्याउन दिएको समय सीमा असार १० भित्रै १३ पालिकाले बजेट प्रस्तुत गरेपनि तीन पालिका भने असफल बनेका हुन । बजेट प्रस्तुत गरेका केही स्थानीय तहहरुमा समेत विवाद हुदै आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले निति तथा कार्यक्रम ल्याएपनि बजेट भने ल्याउन नसकेको हो । सिम्रौनगढ नगरपालिकाले नगरसभा समयमै गर्न शुरु गरेपनि विवादका कारण स्थगित बन्न पुगेको छ । महेन्द्र आदर्श गाउपालिकाले भने विवादका कारण बैठक आव्हाननै गर्न नसकेको हो ।


समयमै बजेट ल्याएको निजगढ नगरपालिकाले १५ करोड यसअघिको बजेट भन्दा घटाएर ८० करोड १५ लाख ८६ हजारको बजेट ल्याएको छ । निजगढ जस्तै अन्य पालिकाले पनि पहिलेभन्दा साईज घटाएर बजेट ल्याएका छन् ।

पचरौता नगरपालिको १० औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख तथा नगर सभाका अध्यक्ष जलन्धर सिंहको अध्यक्षतामा स्वास्थ्य, शिक्षा, कृषि, शिक्षा, खानेपानी, सिँचाइ र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ५१ करोड ८८ लाख ६० हजार ७ सय बराबरको बजेट ल्याएको छ ।


त्यस्तै देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३१ करोड ७ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष उदयप्रसाद यादवले बजेट प्रस्तुत गर्नुभएको हो ।


बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा भएको गाउँसभामा अनुमानित ३८ करोड ३८ लाख ८५ हजार २ सय रूपैयाँको बजेट ल्याएको छ ।

प्रसौनी गाउँपालिकाका अध्यक्ष एवं नगरसभाका अध्यक्ष विनोद जैसवालको अध्यक्षतामा रु ४५ करोड ४५ लाखको बजेट ल्याएको छ । उपाध्यक्ष किरण देवीले ४५ करोड ४५ लाख ७५ हजारको बजेट प्रस्तुत गरेकी हुन ।


परवानीपुर गाउँपालिका सभाले रु ३५ करोड ७७ लाख ४४ हजारको आय विवरण सहित बजेट ल्याएको छ । गापा अध्यक्ष राम क्षत्रीप्रसाद कुर्मीको अध्यक्षातामा भएको सभामा केही जनप्रतिनिधिहरूबीच रजिस्टरमा उपस्थिति हाजिर गराउने विषयमा विवाद हुँदा हात हालाहाल समेत भएको थियो ।


कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न नगरसभाले १ अर्ब ५४ करोड ३८ लाख ६६ हजारको बजेट ल्याएको छ ।

कोल्हवी नगरपालिकाका नगरा प्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा १०औं नगरसभाले ६४ करोड २८ लाख ८० हजारको बजेट ल्याएको छ ।


महागढिमाई नगरपालिकाका नगरसभामा नगरप्रमुख उपेन्द्र प्रसाद यादवले ६६ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन ।

करैयामाई गाउँपालिकाको १३ आंै गाउँसभा अध्यक्ष शम्भुप्रसाद यादको अध्यक्षतामा ३९ करोड ५१ लाख ७१ हजारको बजेट ल्याएको छ ।

विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अलि भुट्टोको अध्यक्षतामा १३ औं गाउँसभाले ३३ करोड ९७ लाख ९० हजारको अनुमानित बजेट पारित गरेको छ ।


बाराका फेटा गाउपालिकाकाल ३५ कराड ६३ लाख ६२ हजार बराबरको बजेट ल्याएको छ । गापा उपाध्यक्ष नीलम साहल बजेट पेश गरेकी हुन । गापा अध्यक्ष रूस्तम अन्सारीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content