बारामा धमाधम मिटरब्याजी पक्राउ पर्दै

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 875 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । अनुचित लनदेन (मिटरब्याज)को सबैभन्दा वढी उजुरी परेको बारामा आरोपीहरु धमाधम पक्राउ पर्न थालेका छन ।

जिल्लाको सिमरा निवासी श्रृजना गिरी मिटरब्याज र बैकिङ कसुरमा पक्राउ परेकी छिन । उनीमाथि निजगढ निवासी सुजित घिसिङले २० लाख बराबरको चेक बाउन्सको मुद्या गरेपछि पक्राउ परेकी हुन । गिरीले स्थानीय ब्यापारीहरुको करिब १० करोड बढीको अनुचित लनदेन (मिटरब्याज)को कारोबार देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताउनु भएको छ ।


गृह मन्त्रालयले दिएको समयमा बारामा तीन हजार तीन सय २२ उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले पिडितलाई न्याय दिन दोषीहरुलाई पक्राउ गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय बाराले हालसम्म १५ जना आरोपीलाई पक्राउ परेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनु भएको छ ।
पक्राउ परेकाहरुले रकम मिलान र सहमति भएपछि उनीहरु छुट्ने गरेका छन् । धेरै उजुरी परेका कारण कार्यालयको कामनै प्रभावित भएपनि चाडै मुद्यााको किनारा लाउन तीन वटा टोली बनाएर दैनिक ३० वटा मुद्याको छलफल गराई किनारा लाउने काम भई रहेको प्रजिअ सापकोटाले बताउनु भयो । उनले हालसम्म २३० मुद्यााको छलफल भएकोमा १४९ वटा मुद्याा फर्छौट गरेको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content