बारा । पछिल्लो समय गुणस्तरीय शिक्षाको हव बन्दै आएको बाराको निजगढको सार्वजनिक माविमा तीनबर्षे कम्युटर डिप्लोमा अध्ययन शुरु हुने भएको छ ।
सिटिईभिटिबाट मान्यता प्राप्त सो अध्ययनका लागि यसैबर्षदेखि संचालन हुने प्राविधिक शिक्षा, कम्प्युटर ईन्जिनियरिङ्ग तर्फ तीनबर्ष डिप्लोमा कक्षा शुरु गर्न लागेको हो । बिद्यालयका प्रधानाध्यापक हस्त बहादुर लामाले तीनबर्षे कम्युटर डिप्लोमा अध्ययनका लागि गर्नु पर्ने तयारी, आईपर्ने समस्या र प्रचारप्रसारका लागि सबैले सहयोग गर्न आग्रह गर्नु भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा बिद्यालयमा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा निजगढ वडा नं. ५ का वडाअध्यक्ष सुर्य थापा मगर, अम्बिका चौलागाई, नारायण गौतम, मिलन आचार्य, रामकृष्ण सिग्देल, थलप्रसाद गौतम, अमरलाल स्याङतान, सहदेब गौतम लगायतको सहभागिता रहेको थियो ।