रास्वपा निजगढमा पुनः रामहरी खरेल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 847 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर समितिको सभापतिमा पुनः रामहरी खरेल निर्वाचित भएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको पहिलो वर्ष पूरा गरेको छ । स्थापनाको वर्ष नै मुलुकको राष्ट्रिय राजनीतिमा चौथो शक्ति बनेको पार्टीको नगर अध्यक्षमा चार आकाक्षी प्रतिस्पर्धामा थिए । निर्वाचनको समयमा दिनेश त्रिपाढी र राम उप्रेतिले उम्मेदबारी फिर्ता लिएका हुन । भानुभक्त गौतम र रामहरी खरेलबिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा खरेल बिजयी बनेका हुन ।


त्यसैगरी अन्य सदस्य तथा पदाधिकारी सर्वसम्मत निर्वाचित बनेका हुन । सर्वसहमतिमा निर्वाचित भएका उपसभापतिमा सविना विष्ठ, सचिबमा रामकुमार खड्का, कोषाध्यक्षमा शान्ताराम खत्री, सदस्यहरुमा प्रविण श्रेष्ठ, सुनिता ढकाल, रामहरी कार्की, सन्तोष प्रसाद ढुङ्गेल,दिपक कुमार खड्का र घनश्याम तिमल्सिना निर्वाचित भएका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content