२ सय ६२ केजी गाँजा सहित एक भारतीय ट्रक पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 492 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा — बारामा २ सय ६२ केजी गाँजा सहित एक भारतीय ट्रक पक्राउ परेको छ । हेटौडातर्फबाट भारततर्फ लैजाँदै गरेको बीआर २५जीए १४५८ नम्बरको भारतीय नम्बरको ट्रकमा लोड गरिएको गाँजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले शनिबार पत्रकार सम्मेलन गरी बताउनु भएको हो ।

ट्रक चालक र कारोबारमा संलग्नसँगै ट्रक धनीको खोजीकार्य भइरहेको र चाडै उनीहरुलाई पक्राउ गरिने बोगटीले बताउनु भएको छ । ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका– ७ अन्तर्गत वीरगन्ज–पथलैया सडक खण्डमा पार्किङ गरी राखिएको अवस्थामा पक्राउ गरिएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content