मिलोमतोमा खोलाको ठेक्का, बैक ज्ञारेन्टी नराखी ठेक्का लगाउदा कोल्हबीमा १५ करोड बक्यौता

तराइ संचार
तराइ संचार 1.9k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय
कोल्हबी । कोल्हबी नगरपालिकाले मिलोमतोमा खोलाको ठेक्का लगाएर ठेकेदारलाई पोस्ने गरी काम गरेको एकपछि अर्को रहस्य खुल्दै गएको छ । बिगतका बर्षहरुमा समेत बैक ज्ञारेन्टी नराखी खोलाको ठेक्का लगाएकै कारण ठेकदारको हालसम्म १५ करोड बक्यौता छ ।
यस आर्थिक बर्ष ०७९÷०८० मा समेत बर्तमान नगरप्रमुख राम प्रसाद चौधरीले बैक ज्ञारेन्टी नराखी खोलाको ठेक्का लगाएको खुलेको छ । कुनैपनि ठेक्कामा बैक ज्ञारेन्टी नराखी ठेक्का लगाउन नपाउने नितिगत ब्यबस्थालाई उल्लघन गरी किन बैक ज्ञारेन्टी नराखी खोलाको ठेक्का लगाईयो भन्ने जनप्रतिनिधिहरुले आफनै नजिकको मानिसहरुलाई ठेक्कामा ठेकदार बनाएर राखेकोले मिलोमतोमा ठेक्का लगाईएको कारण बैक ज्ञारेन्टी नराखी ठेक्का लगाईएको बताएका छन । पुर्व र वर्तमान केही जनप्रतिनिधि समेतको मिलोमतोमा ठेक्का बिभिन्न नामबाट सकार गरेपनि स्थानीय एक ब्यक्तीहरुले स्थानीय तह बनेदेखिनै खोलाको ठेक्का लिदै आएका छन ।
मिलोमतोमा बैक ग्यारेन्टी नराखी ठेक्का लगाउने गरेको कारण कोल्भी नगरपालिकाको खोलाको राजश्व गुम्ने भएको छ । कोल्हबी नगरपालिकामा खोलाको ठेक्कापट्टाबाट मात्रै १५ करोड ठेकेदारबाट उठाउन बांकी रहेको छ ।  स्थानीय तह बनेको २०७४ देखिकै खोलाको राजस्व मिलोमतोमा नगरपालिकाई तिर्नुपर्ने रकम नतिरी एकै ब्यक्तीहरुले खोलाको ठेक्कामा काम गर्दै आएका छन ।
कोल्हबी नगरपालिकाका लेखापाल सुरेन्द्र चौधरीले बैक ग्यारेन्टी नराखी ठेक्का लगाईएको स्वीकार गर्दै जनप्रतिनिधिहरुको दबाबका कारण ठेक्का लगाएको बताएका छन ।
भर्खर सरुवा भएर आएका कोल्भी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले बैक ग्यारेन्टी नराखी ठेक्का लगाउन नमिल्ने भएपनि के कसो भएको हो आफुले बुझने बताउनु भएको छ । उनले बैक ग्यारेन्टी नभएको जानकारी आएपनि सबै अध्ययन गर्न नसकेको बताउनु भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बैक ग्यारेन्टी नराखी ठेक्का लगाउन नपाउने बताउदै कोल्भीले बक्यौता रकम उठाउन पत्राचार गरेको बताउनु भएको छ । उहाँले कोल्भीले ठेकदारको बक्यौता रकम मिनाहा समेत गरेको जानकारीमा आएकोले के कति मिनाहा भएको हो पठाउन निर्देशन दिएको छ । आएपछि कार्वाही शुरु हुन्छ उनले बताए । मिलोमतोमा ठेक्का लगाएकै कारण गतबर्षमै ठेकदारको रकम मिनाहा समेत गरेको जानकारी आएको बारे खोजविन गर्न बाँकी छ ।

चेक सटही भएन, बढदै बक्यौता

आर्थिक बर्षमा लगाइएको ठेक्का नगरपालिकाले बैंक ग्यारेन्टी नराखी ठेक्का लगाएका कारण तेश्रो किस्ता बापतको रकम ठेकेदारले चेक मार्फत भुक्तानी गरे पनि केही चेक सटही भएको छ भने उक्त रकम बराबरको चेक सटही नभएकोले तिर्नु पर्ने बांकी रकममा राखिएको कोल्हबी नगरपालिकाका लेखापाल सुरेन्द्र चौधरीले बताउनु भयो ।

उत्खननको प्रतिवेदन समेत नबुझाएर दैनिक थुपारिएर राखेको सामाग्री राजस्व छलेर लैजादै

कोल्हबी नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ठेक्का लगाएको पि.आर.एस. एण्ड आरडी जेभी कोल्हबी–१ ले अहिलेसम्म  दैनिक रुपमा बुझाउनु पर्ने उत्खननको प्रतिवेदन समेत नबुझाएर दैनिक थुपारिएर राखेको सामाग्री राजस्व छलेर लैजाने गरेको छ ।
जेठ ३ गते चलानी नं. ६ मार्फत जेभी ले ३७ लाख ४४ हजार ७ सय घनफिट उत्खनन गरेको प्रतिवेदन नगरपालिकालाई बुझाए पनि त्यसपछि पटक–पटक नगरपालिकाको लेखाशाखाले तथ्यांक माग्दा ठेकेदार कम्पनीले के कति उत्खनन गरेको बुझाएको छैन । नगरपालिकाले ५७ लाख ११ हजार ८ सय ६७.४४ घनफिट गिट्टी बालुवा उठाउन सम्झौता गरेको भए पनि ठेकेदारले परिमाण भन्दा ३ गुणा बढी सामाग्री संकलन गरेका कारण उत्खनन विवरण नबुझाएको एक कर्मचारीले बताए । उनले भने नगरका जनप्रतिनिधीहरुकै मिलोमतोमा खोलाको ठेक्का लगाइएकोले जनप्रतिनिधिहरुले ताकेता नगरेका कारण ठेकेदारले तथ्यांक नबुझाएको हो ।

कसकसको कति बक्यौता छ कोल्भीमा

आर्थिक बर्ष २०७४ देखि २०७७ सम्म अमानतमा ठेक्का लिएका मोहनलाल साहको १५ लाख ९७ हजार २ सय ७५, रामनाथ चौधरीको १६ लाख ९७ हजार २ सय २० रुपैया र कपिलदेव चौधरीको ७ लाख ३ हजार ९ सय ५० बक्यौता रहेको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा ठेक्का लिएको छठिया निर्माण सेवा बघवनको ५८ लाख ८७ हजार ६ सय ४८, त्यस्तै २०७६÷०७७ मा खोलाकै ठेक्का लिएको मंकेश्वर निर्माण सेवा कोल्हबीले १ करोड ५९ लाख ८३ हजार ३ सय ५० बुझाउन बांकी छ ।
आ.व. २०७७÷०७८ मा ठेक्का लिएको बिशाल क. मौलापुरले ६ करोड ६१ लाख ८२ हजार ११ रुपैया बुझाउन बाकी छ । आर्थिक बर्ष २०७८÷०७९ को खोला वापतकै महालक्ष्मी निर्माण सेवा कोल्हबीले नगरपालिकाको ८७ लाख ६९ हजार ९ सय ८ रुपैया तिर्न बांकी छ । उन्नत निर्माण सेवा कोल्हबीले आ.व. ०७७÷७८ देखि ८ लाख ६५ हजार ५ सय अहिलेसम्म बुझाएको छैन ।
हरेराम सप्लायर्सले आर्थिक बर्ष २०७६÷०७७ को १५ लाख ९७ हजार २ सय ७५ र आ.व. २०७८÷०७९ को ३२ लाख १ सय ११ बुझाउन बाकी छ । हाल यस आर्थिक बर्ष २०७९÷०८० मा लगाइएको ठेक्का बापतको पि.आर. एस एण्ड आरडी जेभी कोल्हबी १ ले तेश्रो किस्ता बापतको तिर्नु पर्ने रकम नतिरी १ करोड २५ लाख बक्यौता बनेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content