सिँचाई सम्बन्धी विविध समस्या उठाएको नाटक ट्यूवेल प्रदर्शनमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 571 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा र पर्सामा रेडियोबाट सन्चार क्षेत्रमा प्रवेश गरेका सन्चारकर्मी तथा कलाकार रोशन सुवेदीले राईका किसानहरुले भोग्नु परेको सिँचाई सम्बन्धी विविध समस्याहरुलाई कला क्षेत्र मार्फत देखाएका छन् । सुवेदीले निर्देशन गरेको नयाँ नाटक ‘ट्यूवेल’ मञ्चन सुरु भएको छ ।

काठमाण्डौँको सिनमंगलमा रहेको पूरानो घरमा नयाँ नाटक ‘ट्यूवेल’ मञ्चन सुरु भएको हो । २०८० असार १५ देखि श्रावण १५सम्म प्रदर्शन भईरहेको छ ।

सुबेदीको यो पहिलो नाटक निर्देशन हो । रेडियोबाट सन्चार क्षेत्रमा प्रवेश गरेका सुवेदीले रङ्गमञ्च नाटकमा अभिनय गर्नुका साथै नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् । विशेष गरी २०५६ सालमा फर्किएर नाटक मञ्चन गरिएको छ ।

नाटकमा कुन्दन थारु, निशा दाहाल, श्रवण यादव, राजिव चौधरी,अरविन्दकुमार मौर्य, रोहित रजक तथा भुवन लहार लगायतका कलाकारहरुले अभिनय गरेका छन । बुधबार बाहेक हरेक साँझ सवाँ ५ देखि सुरु हुने नाटक शनिबार दिउँसो १ बजे एक्सट्रा सो सहित देखाउँने गरिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content