सार्वजनिकमा विद्यार्थिहरुलाई सम्मान तथा विदाई कार्यक्रम

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 587 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । सार्वजनिक माध्यामिक विद्यालय निजगढ बाराले एसईईमा सहभागी भई उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । एसईईमा सार्वजनिक माविमा ३७५ बिद्यार्थि सहभागी भएका थिए ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा भएको सम्मान तथा विदाई कार्यक्रमका प्रमुख अतिथि निजगढ वडा नं. ५ का वडाअध्यक्ष सुर्य बहादुर थापाले शिक्षाको एउटा खुडुकिलो एसईई भएपनि अझै अध्ययन बाँकी रहेकोले थप मेहनत गर्न आग्रह गर्दै प्रगतिको शुभकामना ब्यप्त गर्नु भयो ।


कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हस्त बहादुर लामा, पुर्व अध्यक्ष नारायण गौतम, लिलानाथ बन्जारा लगायतले शुभकामना तथा बधाई दिदै सिटिईभिटिबाट मान्यता प्राप्त अध्ययनका लागि यसैबर्षदेखि संचालन हुने प्राविधिक शिक्षा, कम्प्युटर ईन्जिनियरिङ्ग तर्फ तीनबर्ष डिप्लोमा कक्षा बिद्यालयमा सञ्चालन हुन लागेकोले भर्ना खेलेको बताउनु भएको छ ।


गुणस्तरीय शिक्षाको हव बन्दै आएको निजगढको सार्वजनिक माविमा तीनबर्षे कम्युटर डिप्लोमा अध्ययन श्रावण ८ बाट शुरु हुने भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content