बारा । निजगढ नगरपालिका वडा नं. १२ रतनपुरी रामथलीका स्थानीयको गलौचा उद्योग आम्दानीको मुख्य स्रोत बनेको छ ।
वडा कार्यालयको सहयोगमा गलौचा उद्योग सम्बन्धि तालिम पछि अहिले अधिकाश वडाबासीको आम्दानीको मुख्य स्रोत गलौचा उद्योग बनेको स्थानीय मोनिका थिङ बताउछिन ।
वडाका अर्का स्थानीय आईते सिह मोक्तान र उनकी श्रीमति रमिला माझीबिच कसले बढी गलौचा बुन्ने र धेरै पैसा कमाउने भन्ने प्रतिस्पर्धा हुने गरेको छ । आफुले भन्दा बढी श्रीमतिले कमाउने गरेको बताउदै मोक्तान बताउछन ।
गलैचा बनेरै दुई घर बनाएकी मोक्तानकी श्रीमति रमिला गलैचा नबने हो भने जीवन धान्ननै समस्या हुने बताउछिन ।
चुरेकै फेदीमा सिचाई नहुदा ८० प्रतिशत खेतीपाती आकाशकै भर पर्नु पर्ने अबस्था छ । वडाको सहयोगमा १०० भन्दा बढीलाई ६५ दिने गलैचा बुन्ने तालिम पछि अधिकाश महिलाको आम्दानीको स्रोत गलैचा उद्योग बनेको निजगढ नगरपालिका १२ का वडाअध्यक्ष ज्ञान बहादुर मोक्तान बताउनु हुन्छ ।
स्मार्टसिटी शहरउन्मुह निजगढको विकट मानिने रतनपुरीमा शिक्षाको चेतनाको स्तर र आम्दानीको स्रोत बढदै गएको छ ।