सिमरा । जीतपुरसिमरा उपमहानगरले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।
सिकाइको गुणस्तरमा विद्यार्थीलाई प्रोत्साहन गर्न मंगलबार सम्मानको कार्यक्रम आयोजना गरेको नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा जीतपुरसिमराले एक कार्यक्रमकाबिच २०७९ मा उत्कृष्ट अंक ल्याउने बिद्यार्थिलाई सम्मान गरेको हो ।
गरेको हो । यसबर्ष जीतपुरसिमराले नै आधारभुत तह कक्षा ८ को परीक्षा लिएको थियो । सामुदायिक विद्यालयका ४ जना र संस्थागत विद्यालयका ५ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रमाम नगर प्रमुख राजन पौडेलले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहित नगद पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
सामुदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय नमुना मावि सिमराकी ईशा थापा मगर ३.५ जीपीए ल्याएर प्रथम , विक्रम आधारभूत विद्यालय वसतपुरका प्रशान्त सहनी ३.४८ जीपीए ल्याएर द्धितीय र जनजागृति मावि सखुवाघाटका सुशिलकुमार पटेल र नेरा नमुना मावि सिमराका पृथ्वीराज चौधरीले ३.३८ जीपीए ल्याएर तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
यसैगरी संस्थागत विद्यालयतर्फ सफल होराइजन विद्यालयका अमन कुमार यादवले ३.८५ जीपीए ल्याएर प्रथम , पाथिभारा अंग्रेजी स्कुलका छात्र सन्देश घिमिरे, सेन्ट जोन्स एकेडेमीका राहितकुमार पटेल, बारा एकेडेमीका निशिका वस्नेतले ३.७८ ल्याएर दितीय स्थान हासिल गरेका थिए ।
बिद्यालयतर्फ शतप्रतिशत नतीजा ल्याउने वडा नम्बर १७ मा रहेको मिसन एकेडेमी उचिडीलाई नगर प्रमुख पौडेलले नगद ५००० प्रदान गर्नु भएको थियो । नगरको शिक्षा सुधार अभियान थालेको उपमहानगरपालिकाले पहिलो पटक लिएको परीक्षाको चौतर्फी प्रशंसा समेत भएको थियो ।
कार्यक्रममा नगरप्रमुख पौडेल सहित उपप्रमुख भोला अधिकारी, शिक्षा शाखा प्रमुख शिवजी प्रसाद लगायतले शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको बताउनु भएको थियो ।