सिमरा । प्रसौनी गाउँपालिकाको वडा नं. २ स्थित श्री बेङ्गा साह मा. बिधालयमा भएको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत जितेन्द्र सोनलको संसदीय बिकास कोषबाट विभिन्न बिधालय तथा संघ संस्थाहरुमा फर्निचर तथा पंखा हस्तान्तरण भएको छ ।
फर्निचर तथा पंखा हस्तान्तरण पछि सम्पन्न कार्यक्रममा चर्को गर्मीका कारण विद्यार्थिहरु मारमा पर्दै आएकोले उनीहरुलाई सहज होस भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरेको सोनलले बताउनु भएको छ ।
स्कुलमा विद्यार्थीहरुको बढदो चाप र गर्मीको कारणले विद्यार्थीहरुलाइ पठनपाठनमा निकै कठिनाइ भैरहेकोले बारा क्षेत्र नं. ४ ख अन्तर्गतका बिधालय तथा संस्थाहरुलाइ १२४ थान पंखा र २२२ सेट बेन्च हस्तान्तरण गर्नु भएको सोनलको सचिवालयले जनाएको छ । कार्यक्रममा विभिन्न बिधालयका प्रधानाध्यापक तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियोे।