सिमरा । सामाजिक उत्तरदायित्व अन्तर्गत बाराको जितपुरसिमरा स्थित सिमरामो शाखा रहको सनराइज वैँकले अस्थाई ट्राफिक पोस्ट हस्तान्तरण गरको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी वैँकले करिव ८० हजारको लागतमा निर्माण गरिएको पोस्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय बारालाई हस्तान्तरण गरेको हो ।
वैँकले जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा मार्फत सिमरामा रहेको अस्थाई ट्राफिक प्रहरीलाई सिमराको मुख्य चोक सुरक्षामा खटिने प्रहरीको लागि पोस्ट निर्माण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा सनराइज वैँकका मधेश प्रमुख दिपक पंडित, सिमरा शाखाका प्रमुख मोहन कुमार अधिकारी, जीतपुरसिमरा २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख शुरेस ठाकुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप कुमार यादव लगायत स्थानिय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख शुरेस ठाकुरले सडक बिस्तार पछि पानी र घाम लाग्दा बसेर डयुटी गर्न समस्या भई रहेको अबस्थामा बैकको सहयोगले ट्राफिक प्रहरीलाई ठुलो सहयोग पुगेको बताउनु भएको छ ।
सिमरामा करिव ४ वर्षदेखी वैँकले सेवा दिइरहेको छ । देशभरी १ सय ३९ शाखा संचालनमा रहेको वैँकले लक्ष्मी वैँकसंग सहकार्य गरी श्रावण १ देखि सेवा दिने तयारी समेत गरिरहेको छ । वैकका अनुसार यो हप्तादेखी नै लक्ष्मी सनराइज वैँकका नामबाट दुवै वैँकले एकैठाउमा कारोवार गर्दैछन् ।