बारा । बाराको निजगढ र सिमरामा १०० भन्दा बढी स्थानीय र डेढ दर्जन सहकारीको करोडौ रकम हिनामिना भएको छ ।
दुवै ठाउमा दुई महिलाले विभिन्न घरायसी समस्या देखाउदै पैसा लिने र फिर्ता नदिने गरेपछि ठुलो समुह घर न घाटको भएका छन् । करोडौको रकम उठाएर नतिरेपछि जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरी छानविन गरी रहेको अबस्थामा त्यस्तै निजगढमा अर्की महिलाद्धारा करोडौको ठगी गरी फरार भएकी छिन ।
पछिल्लो समय आर्थिक रकम हिनामिना गरी फरार हुने क्रम चलेको छ । यो क्रम सगै प्रहरीकोमा उजुरी आउने क्रम समेत बढेको छ । नेपालमै सबैभन्दा बढी मिटरब्याजी बिरुद्ध निबेदन परको बारामा ठगीमा परेकाहरु उजुरी लिएर प्रहरीकोमा पुग्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले बताउनु भएको छ ।
डेढ दर्जन सहकारीको ४७ लाख ५० हजार र ३२ जना स्थानीयको ४ करोड ६ लाख ६५ हजार र चार करोड ५० लाख ५५ हजार ठगी गरेर निजगढ नगरपालिका वडा नम्बर ९ निवासी मनिला गौतम (निलु) फरार बनेकी छिन ।
साना किसान कृषी सहकारी सस्थामार्फत १२ लाख ३० हजार सहित १६ वटा निजगढका सहकारीलाई गौतमले ठगी गरेकी हुन । ३२ जना बिभिन्न ब्यतिmहरुबाट ४ करोड ६ लाख ६५ हजार गरी जम्मा ४ करोड ५४ लाख १५ हजार ठगी गरी गौतम फरार भएपछि धेरैको रुवाबासी चलेको छ ।
ठगी बारे स्थानीयले निजगढ नगरपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी गरेका छन् । उजुरी दिन माओवादी केन्द्रका नेता रविराज दङाल , काग्रेस युवा नेता बिष्णु खड्का लगायत दुई दर्जन पिडित महिलाहरुको उपस्थिति रहेको थियो । सहकारीकर्मी एवम महिला नेतृ कल्पना खरेलको अगुवाईमा प्रहरीमा उजुरी भएको हो । ठगी गरेको बारे स्थानीयले निजगढ नगरपालिकाकामा समेत उजुरी गरेका छन । निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजमणी निरौलाले उजुरी परेको बताउदै कार्वाहीका लागि प्रहरीमा पत्राचार भएको बताउनु भयो ।
पटक पटक ती महिलालाई बोलाउनका लागि फोन गर्दा समेत फोन नलागेपछि प्रहरीलाई जानकारी गराएको नगरपालिकाको कार्यालयले जनाएको छ । मनिला २०७९ फाल्गुन २५ गते यूएई गएको उनीहरुले जनाएका छन् ।
सरकारले मिटर ब्याजीहरुको समस्या समाधान गर्नका लागि आयोग मार्फत देश भरीका जिल्ला प्रशासन कार्यालयहरुमा उजुरी लिई समस्या समाधान गर्ने गरेको भएपनि त्यसता ठगीका मुद्धाहरुलाई पनि प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने पिडित खरेलको भनाई रहेको छ ।
पिडित महिलाहरुले ठगी बारे यस अघिनै चेक बाउन्सको मुद्या लिएर प्रहरीकोमा गएपनि उजुरी दर्ता गर्न प्रहरीले आनाकानी गरेपछि बाध्य भएर अदालतमा उजुरी गरेको बताएकी छिन । उजुरी माथि छाबिन गरी दोषी देखिएकी ठगी मुद्धा दर्ता गरी कार्यवाही प्रक्रिया अगाडी बढाउने प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले बताए । मुद्धा जिल्लामा दर्ता हुने तर त्यसको जानकारी प्रहरी प्रधान कार्यालय एवम सिबिआई लाई समेत दिई ठगी गरेकी महिलालाई सिबिआईको माध्यमबाट बिदेशबाट पक्राँउ गरी नेपाल ल्याउने सक्ने कानुनी प्रावधान रहेको हुदा त्यस तर्फ पनि जिल्ला प्रहरी कार्यालय बारा अग्रसर भई पहलकदमी गर्ने प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।
सिमरा क्षेत्रमा स्थानीयको करिब ३० करोड माथि रकम लिएर तिर्न आनाकानी गरेपछि श्रृजना खड्का बिगत १५ दिनदेखि पक्राउ परेपनि उनले उठाएको रकम कहाँ गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन । सिमराका धेरै स्थानीय महिलाहरुसग ठुलो रकम लिएपनि रकम नतिर्दा धेरैको घर लिलाम हुने अबस्थामा पुगेको बताएका छन् । उल्टै रकम लिएर रकम तिर्नुको सट्टा रकम दिएकाहरुलाई मिटरब्याजी भन्दै उजुरी दिएको र प्रहरीले पनि पिडितलाईनै अनुचित दबाब दिएर कम रकमको चेक दिलाएपनि सो प्रहरीको रोहबरमा काटेको चेक समेत नसाटिएर घर लिलामीमा जान लागेको पिडित महिलाहरुले बताएका छन ।
निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्ज लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई खड्काले ठगेको पाइएको छ । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइन्छ ।
पीडितहरुका अनुसार खड्काले व्यक्तिगत समस्या देखाएर ललाई फकाई केही दिनका लागि भन्दै सस्तो ब्याजमा रकम लिने र मिटरब्याजमा लगानी गर्दै आएकी हुन ।
जेठ ११ गतेको महालक्ष्मी विकास बैंक सिमरा शाखाको चेक बाउन्स गरेका घिसिङ्गसँग खड्काले दिएको अर्को ४५ लाखको चेक समेत छ । ‘हामीसँग को बिरामी भयो, अर्जेन्ट छ भनेर फकाएर पैसा माग्थिन्, हामीले पनि विश्वास ग¥यौँ । पछि थाहा भयो, हामीजस्तै धेरै मान्छेसँग उनको लेनदेनको सञ्जाल रहेछ । आज आएर सबै थाहा हुँदैछ,’ घिसिङ्गले भने, ‘अहिले कारोबार बिग्रिएर सबै डामाडोल भएको छ, घर लिलाम हुने अवस्थामा छ, भएको २(४ पैसा पनि ब्याज तिर्दैमा ठिक्क छ ।’
करिब ८ वर्षअघि सिमरास्थित सहारा लघुबित्तमा बजार प्रतिनिधिको रुपमा काम सुरु गरेकी खड्काले बचतकर्ताको रकम अन्यत्र मिटरब्याजमा लगानी गरेको खुलेपछि गत मंसिरमा संस्थाले उनलाई हटाएको थियो । पछि केही महिलाले समूह बनाएर विन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खोलेका थिए । खड्का सो सहकारीकी अध्यक्ष समेत थिइन ।
खड्काबाट ठगिएको गुनासो लिएर आउने मात्रै ४०–५० जना छन् ।
देशमा ‘मिटरव्याज’विरुद्ध आन्दोलन सुरु भएपछि उनी सिमरा फर्किएर आफूले पैसा लिएका व्यक्तिविरुद्ध ‘मिटरव्याजी’ को उजुरी दिइन ।
यता निजगढ नगरपालिका–८ मा निक इम्पोरियम प्यान्सी पसल सञ्चालन गर्दै आईरहेकी निलु नामले परिचित मनिला गौतमले दर्जनौँ महिलासँग लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् ।
फरार ३३ वर्षिया महिला गौतमले विभिन्न महिलाहरुसँग थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनको लागि पैसा आवश्यक परेको भन्दै रकम मागेको पीडित महिलाहरु बताउँछन् । जग्गा किन्न रकम अपुग भएको भन्दै आफुसँग ४ लाख ५० हजार मागेको निजगढ ७ बस्ने स्मीता रिमालले जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको निवेदनमा उल्लेख छ । यस्तै गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पिडितहरूको भनाई छ । गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिकट खरिद गरी व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने रकम अपुग भएको भन्दै गौतमले १८ लाख रुपैया सापटी लिईको बताईएको छ । जिल्ला प्रहरी कार्यालय बारामा गौतम सहित ३७ वर्षिय उनका पति पप्पु नामले परिचित भुवन भण्डारी, ३८ वर्षिया उनकी जेठानी गिता कटुवाल र ४१ वर्षिय उनका जेठाजु रमेश भण्डारी विरुद्ध जाहेरी समेत परेको छ ।
सिमरा र निजगढका दुई महिलाले झण्डै एक सय महिलाहरुलाई प्रलोभनमा पारेर ठगी गरी करोडौ रकम उठाएर पिडत बनाएपनि प्रहरीले रकम कहाँ गयो भनेर तदारुकता दिन सकेको छैन । प्रहरीले हाल खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहे पनि निजगढकी गौतमलाई कसरी अनुसन्धानको दायरामा ल्याउछ । खड्का र गौतमसँग जोडिएका कारोवारीहरुको सञ्जाल, उनीहरुका पति र आफन्त अनुसन्धानको दायरामा कसरी आउछन हेर्न बाँकी छ ।