आज बुधबार बारामा मात्र १३ जनामा कोरोना संक्रमण,नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित

तराइ संचार
तराइ संचार 901 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । आज बुधबार बारामा मात्र १३ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल को पिसिआर ल्याबमा गरिएको परिक्षणमा बारा का ९ जनामा कोरोना संक्रमण र थप अन्य स्थानमा गरी आज १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको अपडेटमा बताईएको छ । संक्रमण पुष्टि भएकाहरु २५ वर्षदेखि ६६ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २५ देखि ३४ सम्म रहेका छन् । बारामा संक्रमण पुष्टि भएका मध्ये कलैया उपमहानगरपालिकाको वडा न ५ मा एक जना अमलेखगञ्ज मा एक जना र जितपुरसिमरा उपमहानगरपालिका वडा न २ मा तिन जना महिलासहित पाँच जना र वडा नम्बर ३ मा एक पुरुष र एक महिला गरी दुई जना जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १७२, संखुवासभामा १, सुनसरीमा १३०, धनुषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४, सिरहामा ८, काठमाडौँमा १५७०, काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा ११९, मकवानपुरमा ४९, रसुवामा १ र रामेछापमा ९ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १८९, सिन्धुपाल्चोकमा १४, सिन्धुलीमा १३, कास्कीमा १९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासीपूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २, स्याङ्जामा २३, अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६, रुपन्देहीमा ११०, कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुमपश्चिममा ६, सुर्खेतमा २, अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ जनामा कोरोना पुष्टि भएको छ।

शेयर
प्रतिक्रिया
Skip to content