द्रुतमार्गका ठेकदारद्धारा खोला र चुरेमा अबैध उत्खनन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 487 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । काठमाडौ निजगढ द्रुतमार्गको ठेक्का पाएको चाईनिज कम्पनीले अबैधरुपमा खोला र चुरेको दोहन गर्न प्रयोग भएको सवारी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको सवारी जिल्ला समन्वय समितिले जरिवाना काटेर छाडेको छ ।

खोला भएको सम्बन्धित पालिकामा पक्राउ परे सोही पालिकाले जरिवाना काट्ने अनुगमन समितिको निर्णय बिपरित जिल्ला समन्वय समितिले जरिवाना काटेर छाडेको हो ।

जिल्ला समन्वय समिति बाराका प्रशासकीय अधिकृत आमोद चौधरीले जितपुरसिमरा निजगढ र कोल्भी नगरपालिकामा पक्राउ गरेको नदीजन्य पदार्थ चोरी तस्करी गर्ने सवारीको जरिवाना सम्बन्धित पालिकामा र अन्यत्र पक्राउ परे जिससमा जरिवाना काट्नु पर्ने अनुगमन समितिको निर्णय रहेको बताउनु भएको छ । सो अनुसार निजगढमा पक्राउ परेको सवारीको जरिवाना रकम निजगढमै काट्न मिल्ने भएपनि प्रहरीले जिल्ला समन्वय समितिलाई लेखेर पठाएकोले आफुहरुले जरिवाना काटेर छाडेको बताउनु भएको छ । प्रहरीले सवारी साधान पक्राउ गरी जरिवाना गराएर छाडेको हो ।

चाईनिज कम्पनीले स्थानीय ठेकदारहरु मार्फत दैनिक खोलामा अबैधरुपमा टिपर र जेसिबि प्रयोग गरी बकैया खोलामा रातमा उत्खनन गर्ने गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अवैध उत्खन गरिएको अवस्थामा ईलाका प्रहरी निजगढले १ वटा अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको २ वटा टिपरलाई नियन्त्रण लिएको हो ।

ईलाका प्रहरी निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठका अनुसार सो टिफर र जेसिबी सोमबार राती २ बजे प्रहरीले नियन्त्रण लिएको हो ।
मापदण्ड विपरीत जेसिबीको प्रयोग गर्दै नदीजन्य पदार्थको मनलाग्दी उत्खनन गर्दै नदीजन्य पदार्थको राति–राती दोहन गर्दै आएको सुचना आएपछि प्रहरीले जेसिबी राती खोलाबाट नियन्त्रणमा लिएको थियो ।

यसअघि पनि प्रहरीले द्रुतमार्गका चाईनिज कम्पनीका ठेकदारका टिपर चुरेको ढुङगा ल्याउदा गर्दा पक्राउ गरेको थियो ।

एक जेसिबि र दुई टिपरलाई जिल्ला समन्वय समितिले रु एक लाख रुपैया जरिवाना लिएर जेसिबी र टिफर छाडेको हो ।

वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढ्ने भन्दै सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ । वर्षाको समयमा अवैध रुपमा खोला उत्खनन हुदा पानी बस्तीमा छिर्ने त्रास स्थानियहरुमा रहि आएको छ ।

चिनिया कम्पनीले भने फास्टट्रयाकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटी बालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । कम्पनीले दावी गरेपनि नगरपालिकाले जेष्ठको अन्तिम साता दु्रतमार्गलाई दिएको स्टक भएपनि रातारात दैनिक उत्खनन गरी लैजाने गरेको जनाएको छ । नेपाली सेनाको निगरानीमा निर्माण भईरहेको दु्रतमार्ग ठेकदारहरुले अनियमित उत्खनन गरी सेनाको काममा समेत प्रश्न गर्ने ठाँउ दिएको छ ।

चुरेमा समेत द्रुतमार्गका ठेकदारद्धारा जेसिबि प्रयोग गरी चुरेबाट ढुङगा निकालेर ल्याउने गरेको स्थानीयले जनाएका छन । जसका कारण पहिरो झरेर घरमा बस्ननै असहज हुने गरेको स्थानीयबासीले बताएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content