भारतीय राजदूतावासद्धारा बारागढीलाई एम्बुलेन्स उपहार

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 625 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बारागढीमा गाउँपालिकालाई काठमाडौंस्थित भारतीय राजदूतावासले एम्बुलेन्स उपहार प्रदान गरेपछि गाउँमा एम्बुलेन्स सेवा सञ्चालन हुने भएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा बारागढी गाउँपालिकालाई उक्त एम्बुलेन्स प्रदान गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको प्रयासमा नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको ध्यानमा राख्दै भारत सरकारले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो ।

शिक्षा, स्वास्थ्य र पर्याप्त सडक सुविधाको अभाव झेल्दैआइरहेका बारागढी गाउँपालिकावासी जनतालाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष जयसवालले बताउनुभयो ।

घन्टौसम्म बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता अन्त्य गर्दै बिरामीलाई समयमै अस्पताल पुर्याउन सकियोस् भन्ने उदेश्यले गाउँपालिका अध्यक्ष जयसवालको निरन्तरको प्रयासपछि पालिकामा एम्बुलेन्स सेवा सुरु हुने भएको हो । दूतावासले बारागढी गाउँपालिका लगायत विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

ट्याग्स : ,
शेयर
प्रतिक्रिया
Skip to content