केराको विमा गर्न आलटाल, किसान आन्दोलित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 474 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । आम्दानीको मुख्य श्रोत बनेको केरा खेतीको बीमा गर्न बिमा कम्पनीले इन्कार गरेपछि निजगढका केरा किसानहरु आन्दोलित भएका छन ।

 

बारा जिल्ला केरा तथा फलफूल उत्पादन संघ निजगढले प्रमुख जिल्ला अधिकारी मार्फत कृषी तथा पशुपक्षि मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै बिमा गर्न तत्काल शुरु नभए एकहप्ता पछि आन्दोलनमा उत्रने बताएका छन ।

संघले पत्रकार सम्मेलनको आयोजना समेत गरी केराबालीको बीमा सुरु नभए आन्दोलनमा उत्रिने जनाएको छ । बाली बीमाको जिम्मा पाएको हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै किसानको केरा खेतीको बीमा गर्न ईन्कार गर्दै आएको छ ।


एक दिन बिमा नहुदा ठुलो नोक्सानी हुने भएपनि सरकारको निर्देशन समेत नमानी बिमाले फर्काएपछि किसानहरु आन्दोलनमा उत्रिन बाध्य भएको संघका अध्यक्ष एकबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भएको छ । किसानहरुलाई बीमा प्रति अभिप्ररित गरेर लाभान्वित पार्ने उद्देश्य सरकारले लागू गरेको बीमा कार्यक्रमको नीति विपरित कम्पनीले बीमा गर्ने कार्य रोकेपछि निजगढका किसानहरुले भेला भएर बीमा कार्य सुचारु गराउन कृषि तथा पशुपंक्षी मन्त्रलय र बीमा प्राधिकरणमा ज्ञापन पत्र बुझाएका हुन ।


निजगढमा किसानहरुले माल्भो जातको रैथाने र जी ९ जातका केरा खेती हुदै आएको छ । कृषीमा आत्म निर्भर भई ७० प्रतिशत रोजगारी दिन सफल बनेको केरा खेती बिमा गर्दा बिमा कम्पनीलाई फाईदा नहुने भएका कारण बिमा कम्पनी बिमा गर्नबाट इन्कार गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको निर्देशन भएपनि कम्पनीले बिमा गर्न ईन्कार गर्दै आएको छ ।

यसबर्ष केराको बिमा नहुदा डेढ करोड र गतबर्षको हावाहुरीले ५ करोडभन्दा बढी मुल्य बराबरको केरा खेती नष्ट गरेको थियो ।
गतबर्ष बिमाको दर घटाएपछि बिमा नगरेका किसानहरुले हावाहुरीले क्षति पुराएको तथा सरकारले बिमा रकम बढाएपछि यसबर्ष किसान बिमा गर्न तयार भएका हुन । हाल बिमा रकम प्रतिबोट २७५ प्रति कठा ८२ बोट कायम भएको छ । निजगढमा करिब दुई हजार किसानले एक हजार भन्दा बढी क्षेत्रफलमा केराखेती हुदै आएको छ ।

केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका छन् ।

ट्याग्स : , , ,
शेयर
प्रतिक्रिया
Skip to content