बारामा सत्ता साझेदार दुई दल प्रहरीको बिरुद्ध आन्दोलनमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 993 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
कलैया । सत्ता साझेदार दुई दल नेपाली काग्रेस र नेकपा एकिकृत समाजवादी पार्टी बारा प्रहरीकै बिरुद्ध आन्दोलनमा उत्रिएको छ ।
नेपाली काग्रेस बाराका सचिब एवम मानव अधिकारकर्मी भैयाराम यादब र नेकपा एकिकृत समाजवादी पार्टी बाराका जिल्ला उपसचिब धु्रव यादबमाथि प्रहरीले कुटपिट र गाली गलौज गरेको भन्दैसत्ता साझेदार दुई दल आन्दोलनमा उत्रिएका हुन ।
सवारी दुर्घटनाका बिषयमा छलफल गर्न प्रहरी कार्यालय पुगेका दुवै नेताहरुलाई प्रहरीले कुटपिट र दुव्र्यबहार गरेको दुवै दलद्धारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुझाईएको जारी संम्युक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कुटपिट र दुव्यबहार गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहलाई कार्वाही नगरेसम्म आन्दोलन जारी रहने नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्ट, सचिब राजेश रौनियार, सहसचिब प्रमोद यादब तथा नेकपा एकिकृत समाजवादी पार्टी बाराका अध्यक्ष बिजेन्द्र चौधरी, सचिब बिक्रम ठाकुर र नगर संयोजक अरुण खनालले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
घाईते बनेका यादबको नेशनल मेडिकल कलेजमा उपचार भई रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले कुटपिट नगरेको बताउदै रातीको समयमा कार्यालयमा होहल्ला भएर प्रहरीमाथिनै हातपात हुने अबस्था आएपछि बाहिर निकालेको बताउनु भएको छ । घटनास्थलमा सिसिटिभी नभएको उनले बताएका छन् । प्रहरी कार्यालयमा सिसिटिभी जडान भएको स्थानीयले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले आफु बाहिर भएकोले कार्यालयमा पुगेर आबश्यक छानविन गरी जानकारी गराउने बताउनु भएको छ ।
शेयर
प्रतिक्रिया
Skip to content