निजगढका कुमार कार्कीले अमेरिकामा ठुलो पदक जित्दै

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय


सिमरा । बारा जिल्लाको निजगढ घर भई अमेरिका बस्दै आएका तेक्वान्दो मास्टर कुमार कार्की स्ट्रिकिङ मार्सल आर्टस प्रशिक्षक राष्ट्रिय अवार्ड २०२०का लागि नोमिनेशनमा परेका छन् ।
अमेरिकामा रहेका झण्डै १०० प्रशिक्षक अवार्डको नोमिनेशनमा परी भोटिङ भईरहेपनि कार्कीले यो समचार तयार पार्दा समेत ३०२१ भेट ल्याई सकेका छन् भने अन्यले ५०० पनि कटाउन सकेका छैनन । सानै उमेर नेपालमै छदादेखि खेलेको तेक्वान्दो खेललाई नेपाल र अमेरिकामा समेत बिकास र बिस्तारमा सहयोग पुराएका कार्की भोटिङ पोलमा धेरै अगाडि देखिएका छन् । भोटिङ पोलमा एक नम्बर कार्की रहेका छन् भने दोश्रोमा २१४६ भोट तेक्वान्दोकै मास्टर सिमस्स वल्र्ड क्लास तेक्वान्दोका मास्टर टाईजर मोरगन रहेका छन् । अन्य धेरै पछि रहेका छन् ।

एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी अमेरिकाको बाल्टीमोर, मेरील्याण्डमा सञ्चालन गर्दै आएका कार्कीले तेक्वान्दोमा ३२ बर्ष खेल जीवन बिताई सकेका छन् । तेक्वान्दोबाट राष्ट्रिय र अन्तराष्ट्रिय पदक तथा मास्टर गरी सकेका कार्की २००८ मा अमेरिका गएका थिए । कुमार कार्कीकी श्रीमति समेत तेक्वान्दो खेलाडी प्रशिक्षक रहेकी छन् । अमेरिकामा रहेर पनि कार्कीले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता गराई सकेका छन् भने नेपालका धेरै ठाउमा उनले आर्थिक तथा सामाग्री सहयोग गर्दै आएका छन । भोटिङ गर्न तलको लिङकमा जानु होला ।
https://www.greatmats.com/2020-greatmats-national-striking-martial-arts-instructor-of-the-year.php?fbclid=IwAR1oQvLROTljyzASPO3eCfsHjQ2KZvuaCkj67n7g5VkSVbeGAwocdN1arts

https://www.greatmats.com/shop/custom/votephotocontest.php?pce=1451&pc=28&c=1

शेयर
प्रतिक्रिया
Skip to content