सरकार निष्पक्ष नभएसम्म भष्ट्राचारविरुद्ध अभियानले सार्थकता पाउदैनः एमाले नेता ज्ञवाली

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 523 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार देश र जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउन भएको छ । पछिल्लो पटक प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपालको भन्दा भारतको फाईदा बढी भएको बताउदै सरकारको परराष्ट्र निति सन्तुलित नरहेको बताउनु भयो ।

नेकपा एमाले मधेश प्रदेशको कार्यकर्ताहरुलाई तीन दिने प्रशिक्षण दिन बारा आएका ज्ञवालीले प्रेस चौतारी नेपाल बाराले शनिवार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको ईच्छा पुरा गरिदिने कडी बनेको ज्ञवालीले बताए ।

एमालेको स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार संचालनप्रति इंकित गर्दै ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भएपनि नेपालले हवाईरुट समेत पाउन नसकेको बताउनु भयो । भारतले २७ बर्ष देखी अलपत्र पारेको माथील्लो कर्णालीका सम्बन्धमा कुनै संवाद नगरी थप दुईवटा आयोजना पुनः जिम्मा लगाउने काम भएको समेत बताए ।

भष्ट्राचार नियन्त्रणका विषयमा शरिर भरी फोहर बोकेर सफा गर्न खोजे जस्तै भ्रष्टचार छानविन हुन नसक्ने बताउनु भयो । पहिला आफू सफा हुनुपर्यो’ ज्ञवालीले भने ‘अनियमितता र भष्ट्राचारका प्रकरणमा नाम जोडिएका नेतालाई सहयात्री बनाएर हिडिरहेको सरकारले निष्पक्ष छानविन गर्छ भन्ने लाग्दैन ।’ उनले बताए ।

पत्रकार सम्मेलनमा एमाले सचिव एवम् मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश सरकारले असारमा आएर ठुलो रकम रकमान्तर गरी दुरुपयोग भएको बताए । मधेशका स्थानीय तहहरुमा बढी रकम अपचलन भएको देखाएकाले त्यसको नियन्त्रण गर्न एमालेले पहल गर्ने उनले बताए । मधेशको विकास र समृद्धीका लागि एमालेलाई जागरुक गर्ने अभियान सुरु भएको समेत भट्टराईले बताए ।

प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content